काठमाडौं । नापोलीले इटालियन सिरी ए मा युभेन्ट्समाथि पुनरागमन जित हात पार्दशीर्ष स्थानमा उक्लेको छ ।
शनिबार राति भएको खेलमा नापोलीले युभेन्ट्सलाई २-१ गोल ले पराजित गरेको हो ।
नापोलीको मैदानमा भएको खेलमा युभेन्ट्सले सुरुआती अग्रता लिए पनि त्यसलाई कायम राख्न नसक्दा पराजित भएको हो ।
खेलको दशौँ मिनेटमै अल्भारो मोराटाले गोल गर्दै युभेन्ट्सलाई अग्रता दिलाएका थिए । तर दोस्रो हाफमा नापोलीले पुनरागम गर्दै दुई गोल फर्कायो ।
खेलको ५७ औं मिनेटमा माटियो पोलीटानोले नापोलीका लागि बराबरी गोल गरे । त्यसपछि ८५ औं मिनेटमा कालिडोउ कोउलीबलीले गोल गर्दै नापोलीलाई २-१ को जित दिलाए ।
लगातार तेस्रो खेल जित्दै शतप्रतिशत नतिजा निकालेको नापोलीले ९ अंक जोडेर अंक तालिकाको शीर्ष स्थानमा रहेको छ । समान खेलबाट १ अंक मात्र रहेको युभेन्ट्स १६औं स्थानमा छ ।
from Online Khabar https://ift.tt/2X9tT8u
0 Comments
यदि तपाईंलाई समाचारको बारेमा कुनै शंका छ भने कृपया मलाई खबर गर्नुहोस्।