सरकारले नेपालमै सवारी एसेम्बलिङ गर्ने उद्योगलाई ठूलो छूट दिने निर्णय गरेको छ । शुक्रवार अर्थमन्त्री जनार्दन शर्माले ल्याएको प्रतिस्थापन बजेटको आर्थिक ऐनमार्फत नेपालमै सवारी एसेम्बल गर्ने उद्योगलाई अन्तरशुल्का ५० प्रतिशतसम्म छूट दिने निर्णय भएको हो ।यसअघि यस्ता उद्योगलाई अन्तःशुल्कमा २५ प्रतिशत छूट दिने गरिएको थियो । नेपालमै मोटरसाइकल एसेम्बलिङ गरिरहेको हंसराज हुलासचन्द एन्ड कम्पनी र शंकर ग्रुपअन्तर्गतको जगदम्बा मोटर्सले विशेष छूट पाएका छन् । नेपालमा थप एसेम्बिलिङ उद्योग खोल्ने वातावरण बनेको छ ।
from रातोपाटी https://ift.tt/3lj2yca
ग्रामीण भेगमा शृङ्खलाबद्ध घातक सडक दुर्घटना, सरोकारवाला मौन
-
२७ कात्तिक, काठमाडौं । सोमबार बागलुङमा पिकअप भ्यान दुर्घटना हुँदा पाँच
जनाको मृत्यु भयो ।
बागलुङ जैमिनी नगरपालिका–८ छिस्तीबाट बागलुङ बजार आउँदै गरेको ग२च...
1 year ago

0 Comments
यदि तपाईंलाई समाचारको बारेमा कुनै शंका छ भने कृपया मलाई खबर गर्नुहोस्।