ब्रेकिङ न्युज

6/recent/ticker-posts

एमालेको स्थायी कमिटी बैठक बस्दै, विधान महाधिवेशनबारे छलफल हुने

२५ भदौ, काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठक आज बस्दै छ । बैठक अपराह्न चार बजे तुल्सीलाल प्रतिष्ठान च्यासलमा बस्ने छ ।

बैठकमा विधान महाधिवेशन र चालु संसदमा पार्टीको भूमिकाबारे छलफल हुने एमालेका कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए ।

एमालेले विधान महाधिवेशन असोज ४ गतेदेखि काठमाडौंमा गर्ने निर्णय गरिसकेको छ । त्यसका लागि प्रतिनिधि, दस्तावेज र व्यवस्थापनको तयारी भइरहेको एमालेले जनाएको छ ।



from Online Khabar https://ift.tt/38WXMv6

Post a Comment

0 Comments