ब्रेकिङ न्युज

6/recent/ticker-posts

दशैं मनाउन घर जाँदै गर्दा अस्वस्थ भएका पत्रकार नेपालको उपचारको क्रममा निधन

३१ असोज, काठमाडौं । पत्रकार द्वारिका नेपालको मस्तिष्कघातबाट निधन भएको छ ।

काठमाडौंको ग्राण्डी अस्पतालमा उपचाररत नेपालको आज बिहान पाँच बजेतिर निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

पत्रकार नेपाल चितवनमा कुशल शिक्षक र साहित्यकारको रुपमा पनि परिचित छन् ।

चितवनको भरतपुर–१० घर भएका नेपाललाई दशैंको फूलपातीको दिन चितवनबाट हेलिकप्टरमार्फत् काठमाडौं ल्याइएको थियो । ४७ वर्षीय नेपाल कालिका एफएम र कालिका टेलिभिजनमा कार्यरत थिए ।

दशैं मनाउन भनेर सपरिवार रौतहटस्थित पुरानो घर जाँदै गर्दा बाटैमा उनी अस्वस्थ भएका थिए । आफैंले कार चलाइरहेको बेला असजिलो भएको भन्दै गाडी रोकेर बाहिर निस्किएका बेला उनी लडेका थिए । त्यसपछि भाइ शालिग्राम नेपालले कार चलाएर उनलाई नजिकै रहेको घरसम्म पुर्याएका थिए ।

स्वास्थ्यमा सुधार नभएपछि उनलाई सोही दिन उपचार गर्न चितवनको भरतपुर ल्याइएको थियो । त्यहाँका चिकित्सकले मस्तिष्कघात भएको भन्दै काठमाडौं लगेर उपचार गर्न सल्लाह दिएपछि उनलाई भोलिपल्ट बिहानै हेलिकप्टरमार्फत् ग्राण्डी अस्पताल ल्याइएको थियो । तर उपचारको क्रममा उनको आज बिहान निधन भएको पारिवारिक स्रोतले बतायो ।

 



from Online Khabar https://ift.tt/3AIK4rm

Post a Comment

0 Comments