ब्रेकिङ न्युज

6/recent/ticker-posts

अन्तिम समयको गोलबाट रियल सोसिडाड शीर्ष स्थानमा

३१ असोज, काठमाडौं । रियल सोसिडाड स्पेनिस ला लिगाको शीर्ष स्थानमा उक्लिएको छ ।

घरेलु मैदानमा शनिबार राति भएको खेलमा १० खेलाडीमा सीमित सोसिडाडले मालोर्कालाई १–० ले हराउँदै शीर्ष स्थानमा पुग्न सफल भयो ।

सोसिडाडको जितमा खेलको अन्तिम समयमा जुलेन लोबेटले निर्णायक गोल गरे । मार्टिन जुविमेन्डीको पासमा लोबेटले ९०औं मिनेटमा गोल गरेका हुन् ।

सोसिडाड पहिलो हाफमै १० खेलाडीमा समेटिए पनि मालोर्काले त्यसको फाइदा उठाउन भने सकेन । पहिलो हाफको इन्जुरी समयमा सोसिडाडका अइहेन मुनोज दोहोरो पहेंलो (रातो) कार्ड पाउँदै बाहिरिएपछि सोसिडाड १० खेलाडीमा सीमित भएको थियो ।

नौ खेल खेलेको सोसिडाड २० अंक छ । एक खेल कम खेलेकोे रियल म्याड्रिड र साविक विजेता एट्लेटिको म्याड्रिड समान १७ अंक सहित क्रमशः दोस्रो र तेस्रो स्थानमा छन् । सोसिडाडसँग पराजित मालोर्का ११ अंक सहित १२औं स्थानमा छ ।

शनिबार राति नै भएको अर्को खेलमा लेभान्टे र गेटाफेले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् ।



from Online Khabar https://ift.tt/3j9k82c

Post a Comment

0 Comments