ब्रेकिङ न्युज

6/recent/ticker-posts

काेशी नदीमा डुबेर किशोरीकाे मृत्यु

२९ असाेज, सप्तरी । काेशी नदीमा नुहाउन गएकी एक किशोरीकाे डुबेर मृत्यु भएको छ ।

सप्तरीकाे हनुमानागर कंकालिनी नगरपालिका वडा नम्बर १२ ईनरवा निवासी १८ वर्षीया प्रियंका देवकाे बिहीबार काेशी नदीमा डुबेर मृत्युु भएको प्रहरीले जनाएको छ ।

स्थानीयले डुबेकाे देखेर उपचारका लागि गजेन्द्रनारायण सिंह अस्पताल राजविराज ल्याएपनि चिकित्सकले मृत घाेषणा गरेकाे सप्तरी प्रहरीका प्रवक्ता एवं डिएसपी माधव प्रसाद काफ्लेले जानकारी दिए ।

शवलाई पोस्टमार्टमका लागि अस्पतालमै राखिएको र अन्य अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



from Online Khabar https://ift.tt/3vaKbLa

Post a Comment

0 Comments