२७ असोज, काठमाडौं । उत्तर कोरियाका नेता किम जोङ्ग उनले कसैले हराउन नसक्ने अजय सेनाको निर्माण गर्ने घोषणा गरेका छन् ।
सेनाको हतियार परीक्षणको निरीक्षण गर्दै उनले सो कुराको घोषणा गरेको सरकारी सन्चार माध्यम केसीएनले जनाएको छ ।
अमेरिकासँग शत्रुतापूर्ण सम्बन्ध रहिरहेका कारण पनि अजय सेना आवश्यक रहेको उनको भनाइ छ ।
नेता किमले आफूले गरेको हतियार विकास युद्ध सुरु गर्न नभइ आत्मरक्षाका लागि मात्र रहेको बताएको जनाएको छ ।
from Online Khabar https://ift.tt/3DzXYOf
0 Comments
यदि तपाईंलाई समाचारको बारेमा कुनै शंका छ भने कृपया मलाई खबर गर्नुहोस्।