ब्रेकिङ न्युज

6/recent/ticker-posts

कर्णाली यस्विस र ललितपुर क्विन्स फाईनलमा

१८ असोज, काठमाडौं । कर्णाली यस्विस र ललितपुर क्विन्स पहिलो संस्करणको एभरेष्ट वसमन्स भलिबल लिग (इडब्लुभिएल) को फाईनलमा प्रवेश गरेको छ ।

शुक्रबार दशरथ रंगशाला कभर्डहलमा भएको लिग चरणको अन्तिम खेलमा कर्णालीले काठमाडौं स्पाईकर्सलाई ३-१ को सेटमा हराएपछि कर्णालीसँग ललितपुर पनि फाईनल पुगेको हो ।

खेलको पहिलो सेटमा कर्णालीले सुरुवाती अग्रता लिएपनि काठमाडौंले सानदार पुनरागमन गरेको थियो र पहिलो सेट २५-२३ ले आफ्नो पक्षमा पारेको थियो ।

तर त्यसपछि भने कर्णालीले पुनरागमन गर्दै लगातार तीन सेट जित्दै खेल जित्यो ।
दोस्रो सेट २५-१४ ले सहजै आफ्नो पक्षमा पारेको कर्णालीलाई तेस्रो सेटमा काठमाडौंले चुनाैती दिएपनि २५-२३ ले आफ्नो पक्षमा पार्दै २-१ को अग्रता बनाएको थियो ।

काठमाडौंलाई फाईनल पुग्न कम्तीमा पनि कर्णाली विरुद्ध २ सेट जित्नुपर्ने अवस्था थियो तर चाैथो सेट कर्णालीले एकपक्षिय रुपमा २५-१२ ले आफ्नो पक्षमा पार्दै खेल जित्यो ।

कर्णाली लिगमा सबै ५ खेल जित्दै अपराजित रह्यो ।

५ खेलबाट १३ अंक जोडेर कर्णाली शीर्ष स्थानमा रह्यो । काठमाडौं हारेपछि ललितपुर क्विन्स १० अंभसहित दोस्रो हुँदै फाईनल पुग्यो । ३ जित र २ हार व्यहोरेको काठमाडौं ९ अंक जोडेर तेस्रो हुँदै फाईनल होडबाट बाहिरियो ।

६ टोली सहभागि लिगमा शीर्ष दुई टोली फाईनल पुग्ने नियम थियो ।
कर्णाली र ललितपुरबीच फाईनल शनिबार साँझ साढे ५ बजे सुरु हुनेछ ।

 



from Online Khabar https://ift.tt/KFABfkU

Post a Comment

0 Comments