७ मंसिर, काठमाडौं । द बेस्ट फिफा अवार्डको मनोनयन सार्वजनिक भएको छ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले द बेस्ट फिफा अवार्ड अन्तर्षत उत्कृष्ट खेलाडी, उत्कृष्ट प्रशिक्षक लगायत विभिन्न विधामा सोमबार मनोनयन सार्वजनिक गरेको हो ।
फिफाले सार्वजनिक गरेको मनोनयनको पुरुषतर्फ २०२० को विजेता रोबर्ट लेवान्डोस्कीसहित ११ खेलाडी छन् । मनोनयनमा पर्ने खेलाडीमा लेवान्डोस्कीसँगै क्रिस्टियानो रोनाल्डो, लियोनल मेस्सी, करिम बेन्जामा, केभिन डे ब्रुएन, एर्लिङ हालाण्ड, जर्गिन्हो, एन गोलो कान्टे, किलियन एमबाप्पे, नेयमार र मोहम्मद सालाह छन् ।
यस्तै प्रशिक्षकतर्फ एन्टोनियो कोन्टे, हान्सी फ्लिक, पेप ग्वार्डिओला, रोवर्टो मान्चिनी, लिओनल स्कोलानी, डिइएगो सिमिओनी र थोमस टुचेल छन् ।
फिफाले सदस्य राष्ट्रको कप्तान, प्रशिक्षक, खेल पत्रकार र समर्थकको भोटका आधारमा फिफा वर्ष खेलाडी घोषणा गर्ने गर्छ । फिफाले विजेताको नाम १७ जनवरीमा घोषणा गर्नेछ ।
from Online Khabar https://ift.tt/3Fwd3S2
0 Comments
यदि तपाईंलाई समाचारको बारेमा कुनै शंका छ भने कृपया मलाई खबर गर्नुहोस्।