८ मंसिर, गोरखा । नेकपा (माओवादी केन्द्र) निकट अखिल (क्रान्तिकारी) पालुङटार नगर कमिटी संयोजक सुवर्ण देवकोटाको स्कुटर दुर्घटनामा परी मृत्यु भएको छ ।
मंगलबार तनहुँको भन्सारमा उनी चढेको बा४५प २३८ नम्बरको स्कुटरलाई ना६ख ९१३४ नम्बरको बसले ठक्कर दिएको थियो ।
ठक्करबाट घाइते उपचारका लागि दमौली अस्पताल लैजाँदै गर्दा मृत्यु भएको इलाका प्रहरी कार्यालय भानुमुकाम तनहुका सइ डम्बर क्षेत्रीले बताए ।
‘ओभरटेक गर्ने क्रममा बसले ठक्कर दिएको रहेछ, बस र चालक हामीले नियन्त्रणमा लिइसकेका छौं,’ उनले भने । मृतक देवकोटा पालुङटार नगरपालिका-४ निवासी हुन् ।
from Online Khabar https://ift.tt/32jrVEU
0 Comments
यदि तपाईंलाई समाचारको बारेमा कुनै शंका छ भने कृपया मलाई खबर गर्नुहोस्।