ब्रेकिङ न्युज

6/recent/ticker-posts

भीम रावललाई भोट नहाल्न भन्दै एमाले प्रतिनिधिहरुलाई बाँडियो पर्चा

भोट नहाल्न भन्दै प्रतिनिधिहरुलाई बाँडिएको पर्चामा पूर्वमाओवादीका नेता टोपबहादुर रायमाझी, लेखराज भट्ट लगायतको नामसमेत छ ।

एमाले महाधिवेशनमा सर्वसम्मत नेतृत्व चयन गर्ने प्रयास असफल भएपछि आज बिहानबाट मतदान सुरु भएको छ । मतदानमा सहभागी प्रतिनिधिहरुलाई दुई खालको पर्चा बाँडिएको छ ।

‘भोट नहाल्ने नामावली’ लेखिएको उटा पर्चामा अध्यक्षका उम्मेदवार भीम रावल, उपाध्यक्षका उम्मेदवार घनश्याम भुसाल, सचिवका उम्मेदवार टंकप्रसाद कार्की, सचिवका उम्मेदवार भीमप्रसाद आचार्यको नाम छ ।

यसैगरी अष्टलक्ष्मी शाक्य, गोकर्ण विष्ट, योगेश भट्टराई, युवराज ज्ञवाली, रघुबीर महासेठ, सुरेन्द्र पाण्डे, सुवास नेम्वाङ, छविलाल विश्वकर्माको नाम पनि भोट नहाल्न भन्दै बाँडिएको पर्चामा उल्लेख छ ।

सदस्यहरुमा भाष्कर काफ्ले, नीरा खान, पशुपति कुँवर, मञ्जु मलासी, नरबहादुर विक, जयप्रकाश थारु, भरत साउदको नाम पनि भोट नहाल्ने भन्दै बाँडिएको पर्चामा उल्लेख छ ।



from Online Khabar https://ift.tt/3d4ax9g

Post a Comment

0 Comments