ब्रेकिङ न्युज

6/recent/ticker-posts

चन्द्रागिरिमा हिमपात (फोटो फिचर)

१४ पुस, काठमाडौं । पर्यटकीयस्थल  चन्द्रागिरि डाँडामा हिमपात सुरु भएको छ । वर्षासँगै बुधबार बिहानैदेखि चन्द्रागिरमा हिमपात सुरु भएको हो ।

चन्द्रागिरिमा यो वर्षको पहिलो पटक हिमपात भएको हो । हिउँ डाँडामा बाक्लै जम्मा भइसकेको छ । चन्द्रागिरि क्षेत्र हिउँले सेताम्य छ ।

मौसमविदले पानी पर्ने र काठमाडौं उपत्यका आसपासमै हिउँ पर्नसक्ने पूर्वानुमान मंगलबार नै गरेका थिए ।

आज मौसम बदली भई देशैभरका उच्च पहाडी र हिमाली क्षेत्रमा पनि हिमपात भएको छ भने अन्य क्षेत्रमा वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबारसम्मै मौसममा आंशिकदेखि सामान्य बदली आई हिमपात र पानी पर्ने सम्भावना छ ।

तस्वीरहरू : Chandragiri Hills Ltd



from Online Khabar https://ift.tt/3ECbRvi

Post a Comment

0 Comments