ब्रेकिङ न्युज

6/recent/ticker-posts

लाउडा प्रकरणमा मुछिएका पूर्वमन्त्री चटौत कांग्रेस केन्द्रीय सदस्यमा पराजित

५ पुस, काठमाडौं । नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री तारिणीदत्त चटौत केन्द्रीय सदस्यमा पराजित भएका छन् ।

कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत ३५ खुला केन्द्रीय सदस्यको उम्मेदवार रहेका चटौत पराजित भएका हुन् । आइतबार साँझ सार्वजनिक मतपरिणाम अनुसार चटौतले ८२२ मत पाएको निर्वाचन समितिले जनाएको छ । खुला केन्द्रीय सदस्यका लागि ९९ जना उम्मेदवार थिए ।

नवौं महाधिवेशनमा सभापति गिरिजाप्रसाद कोइरालाले चटौतलाई केन्द्रीय सदस्यमा मनोनित गरेका थिए । २०५६ सालमा कोइरालाको सरकारमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रहेका चटौत लाउडा जहाज प्रकरणमा मुछिएका थिए ।

संविधान सभा सदस्य रहेका उनी कांग्रेसका नेता रामचन्द्र पौडेलका सम्धी हुन् । चटौत कञ्चनपुर कांग्रेसका पुराना नेता हुन् । १३औं महाधिवेशनमा उनी कञ्चनपुरबाट महाधिवेशन प्रतिनिधिमै पराजित भएका थिए ।



from Online Khabar https://ift.tt/3yONBoD

Post a Comment

0 Comments