ब्रेकिङ न्युज

6/recent/ticker-posts

ओमिक्रोनबाट बेलायतमा पहिलो मृत्यु, बुस्टर डोज लगाउन प्रधानमन्त्री जोन्सनको आह्वान

२८ मंसिर, काठमाडौं । बेलायतमा कोरोना भाइरसको ओमिक्रोन भेरियन्टको संक्रमणबाट एक जनाको मृत्यु भएको छ । ओमिक्रोनबाट मृत्यु भएको यो पहिलो घटना हो ।

बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले मृत्युको पुष्टि गरे । लण्डनको एक खोप केन्द्रको भ्रमणको क्रममा प्रधानमन्त्री जोन्सनले ओमिक्रोनको संक्रमणलाई हल्का ढंगले नलिन आह्वान गरे ।

उनले भने, दुःखको कुरा ओमिक्रोनको संक्रमणबाट मानिसहरु अस्पताल भर्ना भइरहेका छन् र एक जना बिरामीको यसबाट मृत्यु पनि भइसकेको छ । त्यसैले हामीले यो भाइरसको भेरियन्टलाई हल्का रुपले लिनु हुँदैन ।’ उनले कोरोना भाइरसविरुद्धको खोपको बुस्टर डोज लगाउन पनि आह्वान गरेका छन् ।

स्वास्थ्यमन्त्री साजिद जाविदले ओमिक्रोन भेरियन्टबाट बेलायतमा २० प्रतिशत संक्रमित रहेको र १० प्रतिशत बिरामी अस्पताल भर्ना भएको जानकारी दिए । उनले ओमिक्रोनबाट संक्रमित हुनेको संख्या ४४ प्रतिशतले वृद्धि भएको पनि उनले बताएको बीबीसीले जनाएको छ ।



from Online Khabar https://ift.tt/3dPMhZ2

Post a Comment

0 Comments