ब्रेकिङ न्युज

6/recent/ticker-posts

बच्चाका लागि कोरोनाविरुद्धको खोप ६ महिनाभित्र आउँछ : सिरम इन्सटिच्युट

२९ मंसिर, काठमाडौं । आगामी ६ महिनामा बालबालिकाहरुका लागि पनि कोरोनाविरुद्धको खोप सार्वजनिक गर्ने सिरम इन्सटिच्युट अफ इण्डियाले जनाएको छ ।

सिरम इन्सटिच्युट अफ इण्डियाका सीईओ अदार पुनावालाले सो कुरा बताएका हुन् ।

कन्फेडरेशन अफ इन्डियन इन्डष्ट्रीले आयोजना गरेको एक भर्चुअल कन्फ्रेन्समा पुनावालाले परीक्षणको क्रममा तीन वर्ष र सोभन्दा माथिका बालबालिकालाई नोभाभ्याक्स नामको खोप प्रभावकारी देखिएको जानकारी दिए ।

उनले भने, ‘हाम्रो भ्याक्सिन आगामी ६ महिनामा लन्च हुनेछ । यसको परीक्षण जारी छ र अहिलेसम्म तीन वर्ष र सोभन्दा माथिका बच्चामा परीक्षण गरिएको छ । त्यसको परिणाम राम्रो देखिएको छ ।’



from Online Khabar https://ift.tt/3yrfWBe

Post a Comment

0 Comments