ब्रेकिङ न्युज

6/recent/ticker-posts

साफ यू-१९ महिला फुटबल : पहिलाे खेलमा बंगलादेशसँग नेपालकाे बराबरी

२६ मंसिर,काठमाडौं । साफ यू-१९ महिला फुटबल : पहिलो खेलमा बंगलादेशसंग नेपालको बराबरी

शनिबारदेखि बंगलादेशमा सुरु भएको साफ यू-१९ महिला फुटबल च्याम्पियनसिपको पहिलो खेलमा नेपालले बंगलादेशसँग गोलरहित बराबरी खेलेको छ ।

बंगलादेशको  ढाकास्थित वीर श्रेष्ठ शहीद सिपाही मुस्तोफा कमल स्टेडियममा नेपालले घरेलु टिमसँग अंक बाँड्दै प्रतियोगिता सुरुवात गरेको हो ।

बंगलादेशले नेपालमाथि धेरै दबाब बनाएपनि नेपाल गोल खानबाट जोगियो । नेपालकी विमला विकले गोल लाइनबाट दुई सेभ गरिन् । यस्तै कप्तान तथा गोलकिपर अन्जना राना मगरले उत्कृष्ट प्रदर्शन गरिन् ।

प्रतिस्पर्धात्मक खेलमा नेपालले पनि पाएको केही अवसर सदुपयोग गर्न सकेन ।

बराबरीपछि नेपालले पहिलो खेलमा १ अंक जोडेको छ ।

च्याम्पियनसिपको पहिलो खेलमा भुटानले श्रीलंकालाई ५-० ले हराएको छ ।

अब नेपालले दोस्रो खेलमा बुधबार श्रीलंकाविरुद्ध खेल्नेछ ।

 

 

 



from Online Khabar https://ift.tt/3lXHvx0

Post a Comment

0 Comments