ब्रेकिङ न्युज

6/recent/ticker-posts

अपडेट : देउवाले बढाए शेखरसँग मतान्तर

२८ मंसिर, काठमाडौं । नेपाली कांग्रेसको सभापतिका लागि भएको निर्वाचनको मतगणनाले शेरबहादुर देउवाले अरू उम्मेदवारसँग मतान्तर बढाएका छन् ।

राष्ट्रिय सभागृहमा चलिरहेको मतगणनामा देउवाले सुरूवातदेखि अग्रता लिएका थिए । अहिले प्रदेश २ र गण्डकीको मत गणना चलिरहेको छ, जसअनुसार १३०६ मत गणना हुँदा देउवाले ६२६ मत पाएका छन् ।

अर्का उम्मेदवार शेखर कोइरालाले ४८२ मत पाएका छन्  । । प्रकाशमान सिंहले ११२, विमलेन्द्र निधिले ७८ र कल्यण गुरूङले ४ मत पाएका छन् ।

कांग्रेसको १४औं महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि आइतबार भएको मतदानमा ४ हजार ६७९ मत खसेको थियो ।

कांग्रेसको विधानमा सभापतिका लागि कुल खसेको मतको बहुमत ल्याउनुपर्छ । ४ हजार ६७९ मत खसेकाले सभापतिमा जित्न २३४० मत चाहिन्छ । नभए धेरै मत ल्याउने दुई उम्मेदवारबीच फेरि प्रतिस्पर्धा हुनेछ ।



from Online Khabar https://ift.tt/3dNUKvL

Post a Comment

0 Comments