ब्रेकिङ न्युज

6/recent/ticker-posts

माओवादीलाई साँघुरो भयो पेरिसडाँडा, ब्यांक्वेटमा बोलाइयो केन्द्रीय समिति बैठक

१९ पुस, काठमाडौं । अपुरो केन्द्रीय समिति घोषणा गर्दै आठौं राष्ट्रिय महाधिवेशन अन्त्य गरेको नेकपा माओवादी केन्द्रले आज पदाधिकारी चयनको तयारी गरेको छ ।

आज अपराह्न तीन बजे नवनिर्वाचित केन्द्रीय सदस्यहरुको बैठक बसेर पदाधिकारी चयन गर्ने माओवादीको तयारी छ ।

तर अपुरो केन्द्रीय समितिलाई नै पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडा साँघुरो भएको छ । त्यसैले सानेपा हाइटस्थित एक ब्यांक्वेटमा बैठक बस्न लागेको छ ।

माओवादी केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालले पार्टी कार्यालय पेरिसडाँडामा नअट्ने भएकाले सानेपा हाइटको ब्यांक्वेटमा बैठक बस्ने जानकारी दिए । माओवादीले २०६६ सालदेखि पेरिसडाँडालाई केन्द्रीय कार्यालयका रुपमा प्रयोग गर्दै आएको छ ।

माओवादी केन्द्रका नेता कृष्णबहादुर महराले सोमबार बस्ने केन्द्रीय समितिको बैठकले अध्यक्ष, उपाध्यक्ष, महासचिव लगायत पदाधिकारी चयन गर्ने जानकारी आइतबार दिएका थिए ।

माओवादीको विधान अनुुसार केन्द्रीय समिति २९९ सदस्यीय छ । तर महाधिवेशनले खुलातर्फ १११ र समानुपातिक १२५ जना केन्द्रीय सदस्यहरुको नाम मात्र सर्वसम्मतिले पास गरेको छ ।

बाँकी ६३ जना र विधानले थप गर्न मिल्ने १५ प्रतिशत केन्द्रीय सदस्य चयन गर्नै बाँकी छ । केन्द्रीय समितिले पूर्णता पाउँदा कोटेश्वरको पेरिसडाँडास्थित पार्टी केन्द्रीय कार्यालय झन् साँघुरो हुने छ ।



from Online Khabar https://ift.tt/3sLMdSO

Post a Comment

0 Comments