ब्रेकिङ न्युज

6/recent/ticker-posts

दक्षिण अफ्रिकाको संसद भवनमा फेरि आगो लाग्यो

२० पुस, काठमाडौं । दक्षिण अफ्रिकाको संसद भवनमा फेरि आगो लागेको छ । आइतबार लागेको आगो निभाएको केही घण्टापछि फेरि आगलागी भएको बीबीसीले जनाएको छ ।

सोमबार भवनको छतमा आगोको लप्का देखिएको थियो । अग्नि नियन्त्रकहरुले दमकलको सहायतामा आगो निभाएका छन् ।

सबैभन्दा पहिले आइतबार लागेको आगोले नेश्नल एसेम्बली अर्थात् तल्लो सदन जलेर क्षतिग्रस्त भएको थियो । आगलागीमा संलग्न भएको भन्दै प्रहरीले एकजनालाई नियन्त्रणमा लिएको छ ।

उनीमाथि आगजनी, चोरी र तोडफोडको मुद्दा चलाइएको छ ।



from Online Khabar https://ift.tt/3pOpJP9

Post a Comment

0 Comments