ब्रेकिङ न्युज

6/recent/ticker-posts

रामेछाप स्थित खिम्ती खोलाकाे जलसतहले सतर्कता तह पार गर्यो

रामेछाप स्थित खिम्ती खोलामा जलसतहले सतर्कता तह पार गरेको छ । रसनालु जल मापन केन्द्रमा जलसतहले सतर्कता पार गरेपछि तटीय क्षेत्रका बासिन्दालाई अलर्ट एसएमएस पठाइएको छ ।बाढी पूर्वानुमान महाशाखाका अनुसार त्यहाँ थप वर्षा हुने भएकाले जलसतह थप बढ्नसक्ने जोखिम छ । सोमबार रातिदेखि कास्कीको घलेखर्क वर्षा मापन केन्द्र र आसपासमा भारी वर्षा मापन भएको छ । घलेखर्क, पुरनचौर, भुर्जुङ खोला र आसपासको कमजोर भिरालो जमिनमा पहिरोको जोखिम रहेको महाशाखाले जनाएको छ । 

from रातोपाटी https://ift.tt/wTr6h0F

Post a Comment

0 Comments