ब्रेकिङ न्युज

6/recent/ticker-posts

फुटबल उत्पादनको राजधानी सियालकोटलाई एडीबीले सघाउने

९ मंसिर, मनिला । एसियाली विकास बैंक (एडिबी) ले कतारमा सन् २०२२ मा आयोजना हुने फिफा विश्वकपका लागि फुटबल आपूर्ति गर्ने विश्वको फुटबल उत्पादन राजधानीका रुपमा परिचित पाकिस्तानको सियालकोट शहरमा पूर्वाधार र सेवा विस्तारमा सहयोग गर्ने भएको छ ।

एडीबीले मनिलाबाट शुक्रबार सार्वजनिक गरेको एक भिडियोमा पाकिस्तानको पूर्वी पञ्जाब प्रान्त सियालकोटसहितका धेरै शहरमा ‘पूर्वाधार र सेवा’ विस्तार गर्न सहयोग गरिरहेको जनाएको छ ।

यदि तपाईंले कहिल्यै फुटबल खेल्नुभएको छ भने तपाईले खेलेको त्यो बल सियालकोटमा बनेको हुनसक्छ । एडीबीले भनेको छ, ‘बैङ्कले शहरमा भरपर्दो पानी आपूर्ति प्रदान गर्न, सरसफाइ प्रणालीमा सुधार गर्न र पहुँचयोग्य, हरित सार्वजनिक स्थानहरू विकास गर्न मद्दत पुर्‍याइरहेको पनि जनाएको छ ।’

सियालकोट विमानस्थलका अध्यक्ष ख्वाजा मसूद अख्तरले भने, ‘हामीसँग अन्तर्राष्ट्रिय ग्राहक छन् । शहरका पूर्वाधारहरू, सडक, रेलमार्ग, विमानस्थलहरू, र सुक्खा बन्दरगाहहरूलाई चिनाउनु धेरै महत्वपूर्ण भएको छ ।’ सिन्ह्वा



from Online Khabar https://ift.tt/X79hP2L

Post a Comment

0 Comments