ब्रेकिङ न्युज

6/recent/ticker-posts

प्रधानमन्त्री देउवा मतान्तर बढाउदै

५ मंसिर, धनगढी । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मतान्तर बढाउदै लगेका छन् । सुरुवाती अग्रता लिएका देउवाले अग्रतालाई कायम राख्दै मतान्तर बढाउदै लगेका हुन् ।

निर्वाचन अधिकृतको कार्यालयकाअनुसार चार हजार ७७३ मतको गणना सकिदा देउवाले दुई २८० मतसहित अगाडि छन् । उनलाई स्वतन्त्र उम्मेदवार सागर ढकालले पछ्याइरहेका छन् । ढकालले एक हजार २३० मत प्राप्त गरेका छन् ।

नेपाली कांग्रेस (विपी) का कर्णबहादुर मल्लले ८१० मत प्राप्त गरेका छन् । मतगणनाको सुरुवातमा दोस्रो स्थानमा देखिएका मल्ललाई ढकालले पछि पारेका छन् । डडेल्धुरामा सोमबार साँझदेखि मतगणना भइरहेको छ । अहिले पनि मतगणना जारी छ ।



from Online Khabar https://ift.tt/coAziM0

Post a Comment

0 Comments