ब्रेकिङ न्युज

6/recent/ticker-posts

इन्जूरी समयमा पोर्चुगललाई हराएर दक्षिण कोरिया विश्वकपकाे अन्तिम १६ मा

१६ मंसिर, काठमाडौं । ह्वाङ हि चानले इन्जुरी टाइममा गोल गरेपछि दक्षिण कोरियाले पोर्चुगललाई २-१ ले पराजित गर्दै कतारमा भइरहेको फिफा विश्वकपको अन्तिम १६ मा प्रवेश गरेको छ ।

पोर्चुगललाई पराजित गरेपछि कोरिया समूह एफमा ४ अंक जोड्दै उपविजेताको रुपमा अन्तिम १६ मा प्रवेश गरेको हो ।

यसै समूहको अर्को खेलमा उरुग्वेल घानालाई २-० ले पराजित गर्दै कोरिया समान ४ अंक नै जोड्यो । तर अंक र गोल अन्तर समान भए पनि समूह चरणमा धेरै गोल गरेका आधारमा कोरिया भाग्यमानी बन्यो ।

पराजित भएपनि पोर्चुगल ६ अंक जोड्दै समूह विजेता बन्यो । यसअघि नै दुई खेल जित्दै अन्तिम १६ मा स्थान पक्का गरिसकेको पोर्चुगलले केही मुख्य खेलाडीलाई कोरिया विरुद्ध आराम दिएको थियो ।

बराबरीले नै पोर्चुगललाई समूह विजेता बन्न पर्याप्त थियो । तर काेरियासँग पराजित भए पनि पोर्चुगल समूह विजेता बन्यो ।

रिकार्डो होर्थाले गोल गर्दै पोर्चुगललाई पाँचौ मिनेटमै अग्रता दिलाएका थिए । तर, २७औं मिनेटमा कोरियाका लागि किम योङ ग्वनले बराबरी गोल फर्काए ।

त्यसपछि दुवै टोलीले गोल थप्ने प्रयासमा लागे । पोर्चुगलका क्रिस्टियानो रोनाल्डोले गोल गर्ने दुई राम्रा अवसर सदुपयोग गर्न सकेनन् ।

वैकल्पिक खेलाडीको रुपमा ह्वाङ हि चानले इनले इन्जुरी टाइमको पहिलो मिनेटमा गोल गरेपछि कोरियाले शनसनी जित निकालेको हो ।



from Online Khabar https://ift.tt/WBz0JvG

Post a Comment

0 Comments