ब्रेकिङ न्युज

6/recent/ticker-posts

जसपा संसदीय दलको निर्वाचन आज

१३ पुस, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)ले संसदीय दलको नेता चयन बुधबार (आज) हुने भएको छ ।

निर्वाचन कार्यतालिका अनुसार बुधबार बिहान ११ बजेदेखि १२ बजेसम्म मनोनयन दर्ता हुने र अन्य प्रक्रिया पूरा गरेर २ः३० बजेदेखि ३ः३० बजेसम्म मतदान हुनेछ । निर्वाचन सकिएलगत्तै परिणाम सार्वजनिक गर्ने जसपा संसदीय दलको कार्यालयले जनाएको छ ।

प्रतिनिधि सभामा जसपाका १२ जना सांसद छन् । अध्यक्ष उपेन्द्र यादव गत मंसिर ४ को निर्वाचनमा पराजित भए भने संघीय परिषद् अध्यक्ष अशोक राई सांसद निर्वाचित भएका छन् ।

यद्यपि संसदीय दलको नेता को चयन हुन्छ भन्ने टुंगो नभएको सो पार्टीका नेताहरुले बताएका छन् । दलको नेताको रुपमा राईसँगै राजकिशोर यादव पनि दाबी गरेका छन् ।



from Online Khabar https://ift.tt/muDpNiE

Post a Comment

0 Comments