ब्रेकिङ न्युज

6/recent/ticker-posts

घान्द्रुकको वृत्तचित्र बेलायतमा प्रदर्शन हुने

पोखरा । लामा अमृत फाउण्डेशनले निर्माण गरेको घान्द्रुकको वृत्तचित्र बेलायतमा प्रदर्शन हुने भएको छ ।

ब्रेजमेश्रो फिल्म प्रोडक्शन घान्द्रुकको ब्यानरमा निर्मित वृत्तचित्र घान्द्रुक समाज बेलायतको आयोजनामा माघ १ गते (जनवरी १५ तारिख)मा बेलायतको एम्पाएर हल एल्डरशटमा प्रदर्शन हुने लामा अमृत फाउण्डेशनका संस्थापक अमृत गुरुङले जानकारी दिए ।

गुरुङले भने, ‘कास्कीको पर्यटकीय क्षेत्र घान्द्रुक लगायत विभिन्न क्षेत्रमा निर्माण भएको वृत्तचित्रलाई पहिलो पटक बेलायतमा प्रदर्शन गर्दैछौं, बेलायतपछि हङकङ, जापान लगायतका देशहरुमा प्रदर्शन गर्ने तयारीमा छौं ।’

तमु समुदायसँग सम्बन्धित कला र संस्कृति तथा प्राकृतिक सौन्दर्यलाई वृत्तचित्रमा समेटिएको छ । गुरुङले निर्माण गरेको उक्त वृत्तचित्रमा सन्तोष कोन्मेको निर्देशन, जितेश प्रधान र युनिश गुरुङको लेखन, शिव मुखियाको संगीत र सञ्जय मल्लको आवाज छ ।

 



from Online Khabar https://ift.tt/4CIfUoT

Post a Comment

0 Comments