ब्रेकिङ न्युज

6/recent/ticker-posts

आहा राराको उपाधिका लागि संकटा अमेरिकाको बीवाईएससीसँग भिड्दै

२३ पुस, कास्की । पोखरामा जारी आहा रारा गोल्डकपको उपाधिका लागि सङ्कटा क्लब अमेरिकाको भुटनिज युथ स्पोर्टस् क्लब (बीवाईएससी) सँग भिड्ने भएको छ ।

२२औं संस्करणको फाइनल खेल आज दिउँसो साढ १ बजे पोखरा रङ्शालामा सुरु हुँदैछ ।

बुधबार भएको पहिलो सेमिफाइनलमा साविक विजेता एपीएफलाई ४-१ गोल अन्तरले पराजित गर्दै सङ्कटाले फाइनलमा स्थान पक्का बनाएको थियो । बिहीबार भएको दोस्रो सेमिफाइनलमा चर्च ब्वाइज युनाइटेडलाई १–० ले पराजित गर्दै बीवाईएससी फाइनलमा पुगेको हो ।

साविक विजेता एपीएफलाई स्तब्ध पार्दै फाइनल यात्रा तय गरेको सङ्कटालाई विदेशी खेलाडीको भर छ । सङ्कटामा रहेका दुई क्यामरुनी फरवार्डरले एपीएफविरुद्ध समान दुई/दुई गोल गरेका थिए ।

सङ्कटाका प्रशिक्षक सल्यान खड्गीले आफ्नो टिमले उपाधि जित्ने दाबी गरेका छन् । उनले फाइनल खेलमा रणनीति परिवर्तन हुन सक्ने बताए ।

बीवाईएससी पनि उपाधि चुम्ने दाउसहित फाइनलमा उत्रदैंछ । प्रतियोगिता अवधिभर उत्कृष्ट प्रदर्शन गर्दै आएका दुवै टिमको फाइनल स्पर्धा रोचक हुने ठानिएको छ ।

गत १४ गतेदेखि सुरु भएको प्रतियोगितामा दस टिमको सहभागिता छ । प्रतियोगितका विजेताले १२ लाख र उपविजेताले ६ लाख नगद पुरस्कारसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने आयोजक सहारा क्लब पोखराले जनाएको छ ।

प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडीलाई एक विद्युतीय स्कुटर, उत्कृष्ट डिफेन्डर, फरवार्डर, गोलकिपर, मिडफिल्डर, सर्वाधिक गोलकर्ता र प्रशिक्षकले जनही २५ हजारका दरले पुरस्कार पाउनेछन् ।

प्रतियोगिताको २२औं संस्करणका अवसरमा ५० हजार पाँचको सर्वोत्कृष्ट राष्ट्रिय फुटबल खेलाडी पुरस्कार अनन्त तामाङलाई प्रदान गरिने क्लबका महासचिव रामजीप्रसाद अधिकारीले बताए ।



from Online Khabar https://ift.tt/9Tbhyrv

Post a Comment

0 Comments