ब्रेकिङ न्युज

6/recent/ticker-posts

कांग्रेसले समसामयिक राजनीतिबारे धारणा सार्वजनिक गर्ने, प्रचार समितिलाई धन्यवाद दिने

२० पुस, काठमाडौं । नेपाली कांग्रेसले समसामयिक राजनीतिक परिस्थितिबारे पत्रकार सम्मेलन गरेर धारणा सार्वजनिक गर्दैछ । साथै प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा खटिएका प्रचार समितिका सदस्य लगायतलाई कांग्रेसले धन्यवाद ज्ञापनसमेत गर्दैछ ।

त्यसका लागि आज दिउँसो ३ बजे पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन आयोजना गरेका छन् ।

कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार प्रवक्ता महतले गत मंसिर ४ को निर्वाचन र अहिलेको समसामयिक विषयमा धारणा सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गरेका हुन् ।

मुख्य सचिव पौडेलले भने, ‘चुनावको बेला पार्टीको प्रचार समितिका सदस्यहरुले आ–आफ्नो क्षेत्रबाट भूमिका निर्वाह गर्नुभयो, नेपाली कांग्रेसलाई पहिलो पार्टी बनाउन सहयोग गर्नुभयो भनेर धन्यवाद दिने कार्यक्रम पनि छ ।’

निर्वाचनमा नेपाली कांग्रेस, माओवादी केन्द्रलगायतका दलहरु गठबन्धन गरेर चुनाव लडेका थिए । चुनावको परिणामपछि माओवादी केन्द्रले गठबन्धन तोडेर नेकपा एमालेको समर्थनमा सरकारको नेतृत्व गरेको छ । कांग्रेस नेतृत्वमाथि गठबन्धन जोगाउन नसकेको आरोप लाग्दै आएको छ ।



from Online Khabar https://ift.tt/3uerH0T

Post a Comment

0 Comments