ब्रेकिङ न्युज

6/recent/ticker-posts

तराईमा बाक्लो हुस्सु, शीतलहर कम हुँदै

२४ पुस, काठमाडौं । आज पनि तराईमा बाक्लो हुस्सु र कुहिरो लागेको छ । पश्चिम र मध्य तराईका केही भू-भागमा बिहानैदेखि कुहिरो/हुस्सु लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । शीतलहर भने केही कम भएको छ ।

हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य  प्रभाव रहेको छ । जसका कारण आज दिउँसो देशको पहाडी क्षेत्रमा आंशिक बदली हुने सम्भावना छ भने बाँकी भू-भाग भने सफा रहेनछ ।

तराईमा आज रातिसम्म हुस्सु र कुहिरो लाग्ने सम्भावना छ । त्यसपछि भने विस्तारै कम हुने अनुमान महाशाखाको छ ।

महाशाखाका अनुसार सोमबार भने सुदुरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशका हिमाली भू-भागका केही ठाउँमा हल्का हिमपातको सम्भावना रहेको छ ।

आज तराई क्षेत्रमा बाक्लो हुस्सु लागेकोले सडक र हवाई यातायात गर्दा सतर्कता अपनाउन महाशाखाले अपिलसमेत गरेको छ ।



from Online Khabar https://ift.tt/vbpk7XC

Post a Comment

0 Comments