ब्रेकिङ न्युज

6/recent/ticker-posts

मौसमी प्रणालीको प्रभाव न्यून हुँदै, पानी पर्ने सम्भावना छैन

३ फागुन, काठमाडौं । नेपालामा आज पनि कुनै उल्लेख्य मौसमी प्रणालीको प्रभाव देखिएको छैन । जसले गर्दा मौसममा सामान्य बदली भए पनि हिमपात र वर्षाको सम्भावना न्यून देखिएको छ ।

हाल प्रदेश नं. १, बागमती प्रदेश र गण्डकी प्रदेशका  पहाडी भू-भागमा  आंशिक बदली भए पनि देशका बाँकी भू-भागमा मौसम सामान्यतया सफा छ ।

दिउँसो प्रदेश नं. १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा  आंशिक बदली हुनेछ भने बाँकी भू-भाग सफा नै रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार बिहीबार सुदूरपश्चिम प्रदेश साथै प्रदेश नं. १ र बागमती प्रदेशका पहाडी भू-भागमा  आंशिक बदली हुनेछ भने शुक्रबार देशका केही पहाडी भू-भागहरूमा आँशिक बदली रहने छ ।



from Online Khabar https://ift.tt/gsCZacR

Post a Comment

0 Comments