२८ माघ, काठमाडौं । देशका केही भू-भागमा आज पनि मौसममा बदली भएको छ । पश्चिमी वायूको न्यून चापीय प्रभाव नेपालमा पनि परेको हो ।
आज प्रदेश नं. १, गण्डकी, कर्णाली र सुदूर पश्चिम प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली भई थोरै स्थानमा हिमपातको सम्भावना रहेको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रदेश १, कर्णाली र सुदूरपश्चिमका उच्च पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानमा हिमपातको सम्भावना रहेको छ ।
महाशाखाका अनुसार आइतबार पनि राति प्रदेश नं. १, कर्णाली, सुदूरपश्चिमका साथै गण्डकीका केही उच्च पहाडी तथा हिमाली भू-भागमा पनि हिमपात हुने सम्भावना छ ।
from Online Khabar https://ift.tt/P08xAjD

0 Comments
यदि तपाईंलाई समाचारको बारेमा कुनै शंका छ भने कृपया मलाई खबर गर्नुहोस्।