ब्रेकिङ न्युज

6/recent/ticker-posts

रुसले जित्यो साफ यू-१७ महिला च्याम्पियनसिप उपाधि

१५ चैत, काठमाडौं । आमन्त्रित टोलीको रुपमा प्रतिस्पर्धा गरेको रुसले बंगलादेशमा सम्पन्न साफ यू-१७ महिला च्याम्पियनसिपको उपाधि जितेको छ ।

ढाकास्थित बीएसएसएस मोस्ताफा कमल स्टेडियममा मंगलबार भएको राउण्ड रोविन लिगको अन्तिम खेलमा भारतलाई २-० ले पराजित गर्दै रुस अपराजित रहेर च्याम्पियन बनेको हो । रुसको जितमा एभडिनको र कोट्लोभाले गोल गरे ।

पाँच राष्ट्र सहभागी च्याम्पियनसिपमा रुसले खेलेको चारवटै खेल जित्दै १२ अंक जोडेर उपाधि जितेको हो ।

च्याम्पियनसिपमा रुसले चार खेलमा कुल १७ गोल गर्दा १ गोल मात्र बेहोरेको थियो । भुटान विरुद्धको खेलमा रुसकै खेलाडीले आत्मघाती गोल गरेका थिए ।

दुई जित र दुई हारको नतिजासहित भारत ६ अंक जोडेर तेस्रो भयो । घरेलु टोली बंगलादेश ७ अंक जोडेर तेस्रो भयो ।

साविक विजेता नेपाल भने एक जित दुई हार र एक बराबरीबाट ४ अंक जोड्दै चौथो स्थानमा रह्यो । भुटान सबै चार खेल हारेर अंकविहीन हुँदै पुछारमा रह्यो ।



from Online Khabar https://ift.tt/aOFJSnN

Post a Comment

0 Comments