ब्रेकिङ न्युज

6/recent/ticker-posts

स्विट्जरल्याण्डबाट सुन्दासको ‘मन’ सार्वजनिक

बार्सिलोना । स्वीट्जरल्याण्ड निवासी गायक सुभाष सुन्दासको नयाँ गीत ‘मन’ सार्वजनिक भएको छ। सो गीत गायक सुन्दासको आफ्नै युट्युब च्यानलबाट शुक्रबार सार्वजनिक गरिएको हो। उक्त गीतमा स्विट्जरल्याण्डमा रहेका संगीतकार रामु परियारको शब्द/संगीत रहेको छ।

मान्छेको चन्चल स्वभावको मनबारे गीतमार्फत प्रस्तुत गर्न खोजिएको गायक सुन्दासले बताए।

हरेक व्यक्तिको स्वभाव अनुसार मन चन्चल हुने भन्दै त्यही विषयलाई गीत मार्फत उठान गरिएको उनको भनाइ छ।

गीतको म्युजिक भिडियोलाई बिकास तामाङ्ले  निर्देशन गरेका छन्। गायक सुन्दासले यसअघि ‘उड्न देउ’ नामको एल्वम सार्वजनिक गरेका थिए। हालसम्म उनले ९ वटा गीतहरु सार्वजनिक गरेका छन् ।

युरोपमा चर्चित गायकको रुपमा चिनिएका सुन्दासको स्वरले युवा पुस्ताको मन जितेको छ । उनले युरोपका प्राय: सबैजसो मुलुकमा पुगेर सांगीतिक प्रस्तुति दिइसकेका छन् ।



from Online Khabar https://ift.tt/jr5cW9M

Post a Comment

0 Comments