ब्रेकिङ न्युज

6/recent/ticker-posts

साविक विजेता सिटीको पुनरागमन जित, अल्भारेजको २ गोल

३ असोज, काठमाडौं । जुलियन अल्भारेजले दोस्रो हाफमा दुई गोल गरेपछि साविक विजेता म्यानचेष्टर सिटीले युरोपियन च्याम्पियन्स लिग २०२३-२४ मा विजयी सुरुआत गरेको छ ।

समूह जीअन्तर्गत मंगलबार भएको खेलमा सिटी घरेलु मैदानमा सर्वियन क्लब एफके क्रेना जेज्दासँग पहिलो हाफमा एक गोलले पछि परेको थियो । तर दोस्रो हाफमा पुनरागमन गर्दै ३-१ ले खेल जितेको हो ।

४५औं मिनेटमा उस्मान बुकारीले गोल गर्दै क्रेनालाई पहिले अग्रता दिलाएका थिए । तर त्यो अग्रता लामो समय टिकेन ।

दोस्रो हाफको दोस्रो मिनेटमै सिटीका लागि हल्भारेजले बराबरी गोल फर्काए । अल्भारेजले नै ६०औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गरेपछि सिटीले २-१ को अग्रता बनायो । त्यसपछि रोड्रीले ७३औं मिनेटमा सिटीका लागि तेस्रो गोल गरे ।

जितपछि सिटीले ३ अंक जोड्दै उपाधि रक्षा अभियान सुरु गरेको छ ।

यस्तै समूह जी को अर्को खेलमा जर्मन क्लब आरबी लाइपजिगले स्वीस क्लब योङ ब्वाइजलाई ३-१ ले नै पराजित गरेको छ ।

समूह ईअन्तर्गत खेलमा स्पानिस क्लब एट्लेटिको मड्रिड र इटालियन क्लब लाजियोले १-१ गोलको बराबरी खेल्दा फेयेनुर्डले सेल्टिकलाई २-० ले पराजित गरेको छ ।



from Online Khabar https://ift.tt/uC7Ukb6

Post a Comment

0 Comments