ब्रेकिङ न्युज

6/recent/ticker-posts

एमाले मधेश प्रदेशका सर्वसम्मत निर्वाचित पदाधिकारीले लिए शपथ, अरुको दसैंपछि हुने

२८ असोज. जनकपुरधाम । नेकपा एमाले मधेश प्रदेश अधिवेशनाट सर्वसम्मत चयन भएका पाँच पदाधिकारीहरुले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

सर्वसम्मत चयन भएका पदाधिकारीलाई शनिबार राति शपथग्रहण गराइएको हो ।

अध्यक्ष चण्डेश्वर मण्डललाई निर्वाचन कमिटीका अधिकृत टीकाध्वज खड्काले शपथ ग्रहण गराए भने अध्यक्ष मण्डलले नवनिर्वाचित प्रदेश कमिटीका उपाध्यक्ष पर्साका विचारी यादव, सचिव बाराका मनोज पौडेल, उपसचिवमा आरती भण्डारी (रौतहट ) र मोहम्मद कैस (धनुषा) लाई शपथग्रहरण गराएका हुन् ।

यस्तै सर्वसहमतिबाट चयन भएका लेखा समिति अध्यक्ष लक्ष्मीनारायण यादवलाई पनि अध्यक्ष मण्डलले शपथ ग्रहण गराएका छन् ।

प्रदेश कमिटीका सदस्यहरुको शपथ दसैंपछि हुने एमालेले जनाएको छ ।

जनकपुरधाममा असोज २४ गतेदेखि जारी एमालेको प्रथम अधिवेशन सकिएको छ । पाँच पदाधिकारीसहित २३५ सदस्यीय कमिटी चयनको लागि अधिवेशन भएको थियो । तर, विवादका कारण केही सदस्यको टुंगो लागिसकेको छैन ।



from Online Khabar https://ift.tt/rSHOkpc

Post a Comment

0 Comments