२७ कात्तिक, काठामाडौं । रोवर्ट लेवान्डोस्कीले दुई गोल गरेपछि बार्सिलोनाले स्पानिस ला लिगामा आइतबार राति अलाभेजलाई २-१ ले पराजित गरेको छ ।
बार्सिलोनाको घरेलु मैदानमा भएको खेलमा सामुएल ओमोरोदिओनले पहिलो मिनटमै गोल गर्दै अलाभेजलाई अग्रता दिलाएका थिए ।
तर, दोस्रो हाफमा बार्सिलोनाले पुनरागमन गर्यो । ५३औं मिनेटमा लेवान्डोस्कीले बार्सिलोनाका लागि बराबरी गोल गरे । त्यसपछि लेवान्डोस्कीले नै ७८औं मिनेटमा पेनाल्टीमा गोल गर्दै बार्सिलोनालाई २-१ को अग्रता दिलाए । त्यही गोल नै बार्सिलोनालाई २३ अंक दिलाउन पर्याप्त बन्यो ।
जितपछि १३ खेलबाट ३० अंक जोडेर बार्सिलोना तेस्रो स्थानमा छ । बार्सिलोना शीर्ष स्थानको जिरोना भन्दा चार र दोस्रो स्थानको रियल मड्रिड भन्दा दुई अंकले पछि छ ।
यस्तै अर्को खेलमा एट्लेटिको मड्रिडले भियारियाललाई ३-१ ले हरायो । जेरार्ड मोरोनोले गोल गर्द भियारियाललाई पहिले अग्रता दिलाएका थिए । तर एक्सल विटसल, एन्टोनी ग्रीजमन र लिनोले गोल गर्दै एट्लेटिकोलाई जित दिलाए ।
१२ खेलबाट २८ अंकसिहत एट्लेटिको चौथो स्थानमा छ ।
from Online Khabar https://ift.tt/wagk9EM
0 Comments
यदि तपाईंलाई समाचारको बारेमा कुनै शंका छ भने कृपया मलाई खबर गर्नुहोस्।