ब्रेकिङ न्युज

6/recent/ticker-posts

सालाहको २ गोलमा लिभरपुल विजयी

१७ पुस, काठमाडौं । मोहमद सालाहको दुई गोल मदतमा प्रिमयर लिगको शीर्ष स्थानमा रहेको लिभरपुललले न्यूक्यासल युनाइटेडलाई ४-२ ले पराजित गरेको छ ।

घरेलु मैदान एनफिल्डमा भएको खेलमा सालाहले सुरुमा पेनाल्टी गुमाएपनि दुई गोल गरेका हुन् । उनले २२औं मिनेटमा पेनाल्टीमा गोल गर्न सकेनन् । तर ४९औं मिनेटमा पहिलो गोल गरेका सालाहले ८८औं मिनेटमा पेनाल्टीमा गोल गरेका थिए ।

यस्तै डिएगो जोटाले ७४औं र कोडी गाक्पोले ७८औं मिनेटमा गोल गरे ।

न्युक्यासलका अलेक्जान्डर आइस्याकले ५४औं र बोटम्यानले ८१औं मिनेटमा गोल गरे ।

जितपछि लिभरपुलले ४० खेलबाट ४५ अंक जोडेको छ र शीर्ष स्थानमा ३ अंकको अग्रता लिएको छ ।

एस्टन भिल्ला २० खेलबाट ४२ अंकसहित दोस्रो स्थानमा छ ।

न्यूक्यासल २० खेलबाट २९ अंकसहित नवौँ स्थानमा छ ।



from Online Khabar https://ift.tt/rE1P5n4

Post a Comment

0 Comments