ब्रेकिङ न्युज

6/recent/ticker-posts

मौसम पूर्वानुमान : सोमबारदेखि वर्षाको सम्भावना

२९ पुस, काठमाडौं । नेपालमा आज पश्चिमी वायुको आंशिक प्रभाव परेको छ । जसका कारण पहाडी भू-भागमा आंशिक बदली भई बाँकी भू-भागमा सामान्यतया मौसम सफा रहेको छ ।

आज बिहान तराईका अधिकांश स्थानहरूमा हुस्सु्/कुहिरो लागेको छ । राति कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

सोमबार र मंगलबार भने देशका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

सोमबार गण्डकी, कोशी र बाग्मती प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षा तथा देशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

मंगलबार केही ठाउँमा वर्षा हुनेछ भने कोशी र गण्डकीका थोरै ठाउँ र बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक दुइ स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

 



from Online Khabar https://ift.tt/MseqPwZ

Post a Comment

0 Comments