ब्रेकिङ न्युज

6/recent/ticker-posts

डा. मल्लको ‘काँ पर्‍यो घर…’ सार्वजनिक

काठमाडौं । डा. महेन्द्रकुमार मल्लको निर्माण र शब्दरचना रहेको ‘काँ पर्‍यो घर माया’ नृत्यप्रधान लोकगीत लोकार्पण भएको छ ।

साहित्यकार तथा गीतकार मल्ल मध्यपश्चिम विश्वविद्यालयका पूर्रजिष्टारसमेत हुन् ।

शिव सङ्गीत र समीक्षा अधिकारीको स्वर रहेको गीतमा काजिस श्रेष्ठको निर्देशनमा केपिना गोतामे र अनुराग मल्लले मोडलिङ गरेका छन् ।

गीतको छायाङ्कन दुर्गा पौडेल र कोरियोग्राफी प्रशान्त मगरले गरेका हुन् । यो म्युजिक भिडियोमा फर्पिङको रमणीय स्थलका दृश्यहरू कैद गरिएका छन्।

पश्चिम नेपालको मौलिक लोकलयमा आधारित गीतलाई दृश्य र श्रव्य दुवै दृष्टिले अब्बल बनाएको निर्माताको भनाइ छ ।



from Online Khabar https://ift.tt/kHKCVT8

Post a Comment

0 Comments