‘भेट नभएको पनि धेरै दिन भइसक्यो । कही दिन छुट्टी मिलाऊ न माया कतै घुम्न जाऊँ। हिजोआज त मलाई यहाँ साह्रै नरमाइलो लाग्न बा छ ।’
एकाबिहानै मोहनले मायालाई सान फ्रान्सिस्कोमा टेलिफोनमा भन्यो । सदा झै त्यस दिन पनि मायाले उसको आग्रहलाई उपेक्षा गर्दै भनिन्- ‘यो महिनाभरि त सम्भव नै छैन । अफिसमा अन्डरस्टाफि त विकेन्डमा पनि छुट्टी पाउँदैनौँ ।’
मायाका कुराले उसलाई यस पटक पनि निराशा बनायो। के औपचारिक कुराकानी त भएका थिए र संवाद बिनानिष्कर्ष दुनिया को आत्मीयताहीन कुराकानीपछि मोहनलाई अफिसमा काम गर्न मन लागेन बोझिलो मन लिएर अफिसबाट निस्कियो। निराश भएर सोच्यो–
‘एक पल पनि छुट्टिन नसक्ने मन अचेल किन महिनौसम्म बखवार भए बस्छन् ? साँच्चिकै यो हाम्रो बाध्यता हो कि हाम्रा बाटाहरूनै बदलिइसक उत्तर ऊ आफैँसँग थिएन । मनमा पीडा गहिरिंदै गयो र मानसिक अवसाद पुऱ्यायो ।
ब्रुकलिनब्रिजमा उभिएर उसका आँखाहरू स्ट्याच्यू अफ लिबर्डीलिस टोलाए । ती निरस आँखाहरूमा आफैँले देखेका अनगन्ती सपनाहरू रसाउदै गए र एकैछिनमा आँखाहरूलाई जलमग्न बनाए । उसले एउटा लामो सुस्केरा लियो र नदीतिर हेर्दै सोच्यो, मनका सबै तमतमाइला अनुभूतिलाई यही हडसन नदीमै बगाइदिन पाए पनि त हुन्थ्यो नि ।
मन भारी थियो । सम्झनाका लहरहरू आँखा वरिपरि थिए । उसले गाडी स्टार्ट गर्यो र अतीतका सम्झनामा हराउँदै अगाडि बढायो । विकेन्ड थियो । कुनै योजना थिएन र चासो राख्ने पनि कोही थिएनन् । चुपचाप सरासर म्यानहटनको एउटा कक्टेल बारमा छिर्यो ।
एक जना वेट्रेस मनमोहक मुस्कान लिएर उसको टेबल नजिकै आइन् । उनको त्यो कामुक मुस्कानले मोहनलाई काउकुती लागेजस्तो भयो। उसले केही नसोची भन्यो, ‘लुकिङ सो हट एन्ड ब्यूटिफुल।’ मख्ख पर्दै उनी फेरि मुस्कुराइन् र उसलाई धन्यवाद दिइन् । केहीबेर मेनु हेरेपछि उसले ‘स्वीस्की अन द रक’ मगायो ।
उनले नखरा देखाउँदै सोधिन्, ‘एनिथिङ एल्स सर ?’
उसले जिस्क्याउँदै जवाफ दियो, ‘तपाईंको कम्पनी पनि पाए हुन्थ्यो।’ उनले अझै माधुर्यताका साथ भनिन्, ‘तपाईंको वरिपरि त हुन्छु नि म ।’
उनको त्यो लठ्ठ पार्ने बोली सुनेर मोहन दङ्ग पर्यो । बेलाबेलामा उनी घुम्दै आउँथिन् र उसको पुरुष चेतनालाई रनथनाइदिएर जान्थिन्। साँझ घर्किंदै गयो । उसले जीवनका तीता अनुभूतिहरूलाई ह्वीस्कीमै मिसाएर पिउँदै गयो ।
समय आफ्नै रफ्तारमा थियो । रूम पार्टनर सुविनलाइ सम्झेर झसङ्ग भयो। उसले घडी हेर्यो। रात निकै बितिसकेछ। उसलाई पनि बारमै बोलायो र आफ्नो गाडीको साँचो रिसेप्सनमा बुझायो र ठेगाना टिपाएर सुविनकै गाडीमा फर्कियो ।
कोठामा पुगेपछि उसले बल्लतल्ल मोजा खोल्यो र लड्खडाउँदै गएर खाटमा पल्टियो। भोलिपल्ट बिहान उठ्दा बेस्सरी टाउको दुखिरहेको रहेछ। आँखा खुले पनि निकैबेरसम्म बेडमै पल्टिरह्यो । अबेला उठेर फ्रेस भयो। लिभिङ रूममा गएर पत्रिका पल्टाउन थाल्यो। एकैछिनमा सुविनले चिया लिएर आयो। चिया टेबलमा राख्दै उसले गम्भीर भएर भन्यो–
‘किन सधैँ यसरी बेहोस हुने गरी रक्सी पिउँछस् तँ ?
मोहन केही बोलेन तर सुविनले रिसाउँदै भन्यो-म के भनौ साथी ? हामी परदेशमा छौं । समय छँदै आफूलाई सम्हाल, भोलि फेरि पछुतो नहोस् ।’
उसले चुपचाप लागेर सुविनका सबै कुरा टारिदियो। केहीबेरपछि ऊ ड्यूटीमा हिँड्यो र मोहन कोठामा एक्लै भयो । उठेर झ्यालबाहिर हेर्न थाल्यो । नजर पुगे जति सबैतिर घरैघर मात्र देखिन्थे । कङ्क्रिटको जङ्गलजस्तो विश्वको नामुद सहर न्यूयोर्कको त्यो रूप हेरिरहन म तल कम्पाउन्डतिर हेर्यो । भरेका गुलाबी फूलहरूले मनको मन लागेन। उदासीलाई झनै बढाइदिए । दिनभरि केही गर्ने जाँगर चलेन । ऊ कोठामै त्यत्तिकै बसिरह्यो । आफ् हिँडेका बाटो सम्झेर जिल खायो । जीवनयात्रामा अलपत्र भएका आफ्नै सपनाहरूले फेरि भावुक बनाए र उसले आफैँलाई सोध्यो-
‘अमेरिका आएर मैले के पाएँ र के गुमाएँ ?’
त्यही कुराले मनमा अन्तर्द्वन्द्व चल्यो । कलेजमा मायासँग भएको पहिलो भेट र त्यसपछिका प्रेमिल दिनहरूमा नोस्टाल्जिक भयो । ती दिन कुनै मीठो सपना मात्र त थिएनन् भन्ने पनि लाग्यो । कलेज बङ्क गरेर डेटिङ ग स्वप्निल पलको सम्झनाले आँखा रसाए। चोभारको डाँडामा बिताएको ती सुमधुर क्षणहरूको पनि सम्झना आयो ।
‘तिमीसँग छुट्टिएर बाँच्नुपर्ने भएछ भने म यही चोभार गल्छीमा हाम फालेर मर्छु मोहन !’
उनले गहभरि आँसु पार्दै भनेका ती कुराले फेरि एक पटक भाबुक बनायो। त्यतिबेला उनका शब्दले मुटुमा बेस्सरी घोचेका थिए र उसले भावातीत अनुभूतिका साथ उनलाई कसिलो अँगालोमा बाँधेको थियो । उनीहरू प्रेमको गहिराइमा चुर्लुम्म डुबेका थिए र एकअर्का बिनाको जीवन कल्पनासम्म पनि गरेका थिएनन् ।
कोठामा एक्लै बसेर उसले रक्सीका थुप्रै पेग र चुरोटका निकै खिल्ली सक्यो। तर भावनाका गिर्खाहरू पटक्कै मेटिएनन् । ती झनै तिखारिए र मुटुमा झन्झन् गाडिदै गए ।
उसले सम्झिँदै गयो–
विवाहपछिका दिनहरू उस्तै सुमधुर भएर बित्दै थिए। छोरा र छोरीको आगमनले सुन्दर संसारलाई अझै सुन्दर बनाएको थियो। दुवै जनाको राम्रो जागिर थियो। काठमाडौँमा मायाका नाममा एउटा घर पनि किनेका थिए । ईश्वरले मनग्य खुसी दिएका थिए। यसैबीच डीभी परेर ऊ त्यहाँ आइपुगेको धियो ।
ऊ आएको करिब एक वर्षपछि मायाको पनि भिसा लाग्यो । छोराछोरी बुबाआमाको जिम्मा लगाएर उनी पनि यतै आइन्। दुवै जनाको एक वर्षपछि भेट भएको थियो । सपनाको देश अमेरिकामा सँगै हुन पाउँदा हर्षको सिमाना रहेन । ती दिन फेरि अर्को हनिमुन जत्तिकै सुमधुर रहे। केही महिनासम्म उनीहरू अमेरिकाका थुप्रै ठाउँ घुमे र ती सबै सुखद पललाई क्यामेरामा जतनसँग उनेर राखे ।
यसैबीच, मायाले पनि काम गर्ने इच्छा गरिन् । नजिकै कतै काम पाउन सकिएन । उसले आफ्नै पुरानो मित्र विनय थापासँग कुरा गर्यो । उसले सान फ्रान्सिस्कोमा रहेको आफ्नै मलमा काम दिने भयो । साथीको विश्वासमा उसले मायाको चाहनालाई साथ दियो। एक दिन माया उसलाई न्यूयोर्कमा छाडेर रुँदै रुँदै सान फ्रान्सिस्को गइन् । त्यसपछि जीवनको बाटो फेरिँदै गयो।
मोहन दिनभरि नै मदिराको नशामा तिनै यादहरूमा डुब्दै गयो । साँभ परिसकेको थियो। सुविन ड्यूटी सकेर कोठामा आइपुग्यो । उसलाई देखे झसङ्ग भयो। त्यतिबेलासम्म ऊ आफू बसेको ठाउँबाट उठ्नै नसक भइसकेको रहेछ। मुस्किलले उठेर सुत्ने कोठामा गयो । कुन बेला निदाय त्यो पनि पत्तै भएन ।
भोलिपल्ट बिहानै उठ्यो। अघिल्लो दिनको नशा उत्रेकै थिए हतार–हतार तयार भएर काममा गयो । अफिस पुगेर मोबाइल हेयो, म्यासेज थुप्रिएका रहेछन् । हेर्दै गयो । एउटा म्यासेजमा छोरीले लेखेकी थिइन्- ‘ह्याप्पी बर्थडे बाबा’
आफ्नो जन्मदिन सम्झेर ऊ आफै झल्याँस्स भयो । उसलाई म्यासेजहरूको त्यही थुप्रोमा मायाको पनि शुभकामना सन्देशको आशा लाग्यो। मोबाइलको स्क्रीन स्क्रोल गर्दै गयो। हेर्न बाँकी म्यासेजहरू निखिए । तर उनको म्यासेज भेटेन ।
मन कताकता भारी भयो तैपनि उसले तुरुन्तै फोन गर्यो । दुईतीन पटक उनले फोन काटिन् । उसले एकोहोरो गरिरह्यो । धेरै पटक गरेपछि उनले फोन त रिसिभ गरिन् । तर, म बिजी छु एक घन्टापछि गर न है भनेर डिस्कनेक्ट गरिन् ।
उसलाई मनमा काँडा बिके जत्तिकै भयो । जीवनसँगिनीलाई आफ्नो जन्मदिनको कुरा सुनाउन पनि अर्को एक घन्टा कुर्नुपर्ने भयो। एक पटक ऊ आफैमाथि हाँस्यो र आफ्नो केटाकेटी रहर देखेर ऊ आफैलाई अचम्म लाग्यो । मानसपटलमा उनकै कुराहरू खेलिरहे ।
माया सान फ्रान्सिस्को गएदेखि नै भेटघाटहरू पातलिदै गए । फरक- फरक समय तालिकामा काम गर्नु पर्थ्यो । उनीहरूको अनुकूलता पनि फरक(फरक हुँदै गयो । सम्पर्क पनि हुन छोड्यो । हरेक दिन हुने गरेका भिडियो कलहरू बिस्तारै हप्तामा र हुँदाहुँदै आक्कलझुक्कलमा सीमित हुन थाले। आ-आफ्नै व्यस्तताले उनीहरू एकार्काबाट टाढिँदै गए। एक घन्टापछि उसले फेरि फोन गयो । उनले आत्मीयताहीन आवाजमा भनिन्– ‘भन मोहन ।’
असजिलो मान्दै उसले भन्यो-
‘आज त मेरो जन्मदिन रहेछ नि । छोरीको म्यासेजले पो याद दिलायो त ।’
उनले तुरुन्तै जवाफ दिइन्-
‘अँ साञ्ची’ सारी प्रिय, मैले फोहोर पानी बिर्सेको छु। जन्मदिनको शुभकामना ।’
मायासँग कुरा गर्दागर्दै उसले झल्याँस्स सम्झियो- विवाहपछि हरेक वर्ष उसको जन्मदिन उनले नै सम्झाउँथिन् र बिहानै सङ्कटा मन्दिरमा लगेर दर्शन गराउँथिन् । तर समयसँगै धेरै कुरा बदलिँदा रहेछन् । यस पटक त उनले मोहनको जन्मदिन पनि भुलिछन्अमेरिकाको त्यो निष्ठुरी व्यस्तता देखेर ऊ ज्यादै विस्मित भयो । उसको टेलिफोन प्रतिक्रिया ढिलो भएपछि उताबाट उनले ‘हेल्लो हेल्लो’ भनिन् । उसले फेरि कुराकानी अगाडि बढाउँदै भन्यो-
‘ज्यादै नियास्रो लाग्यो माया । आऊ न, केही दिन सँगै बसौं । कति मरिमेट्नु ?’
यस पटक पनि उनले शिष्टतापूर्वक इन्कार गर्दै भनिन्, ‘हो हुन त । तर अफिसमा धेरै स्टाफ बिदामा छन् । अहिले त बिदा लिन पनि मिल्दैन मोहन ।’
टेलिफोनमा कुरा सकियो र त्यसपछि उसलाई एउटा गहिरो उदासीले अँठ्यायो । उदास मन लिएर ऊ अफिसबाट कोठामा फर्कियो । हातमुख धोएर आमालाई भिडियोमा कल गयो । उसलाई देख्नासाथ आमाले भनिन्-
‘कस्तो दुब्लाुको बाबु तँ सन्चो भएन कि कसो ? बुहारी पनि अन्तै काम गर्छिन् रे त । खाना पनि खाँदैनस् कि क्या हो ?’
आमाका मायालु शब्द सुनेर मर्दै गएको मन फेरि पलाएजस्तै भयो । हजुरआमाको बुई चढ्दै भिडिओबाटै छोराले भन्यो, ‘ह्याप्पी बर्थडे बाबा’। छोरीले पनि उसैसँग स्वर मिलाइन् । हुर्कदै गएका आफ्ना छोराछोरी देखेर प्रफुल्ल भयो । नातिनातिनालाई पर धकेल्दै आमाले फेरि भनिन्-
‘यहाँ यति राम्रो जागिर थियो । त्यो छोडेर अमेरिका गयौ । किन मरिमट्छौ तिमीहरू ? के नपुग्दो छ र यता ? मर्ने बेला भैसक्यो । एउटै भएको छोरो पनि कता हो कता ?’
अचानक आमाका आँखा आँसुले भरिए र त्यो देखेर उसल असह्य पीडा भयो । आमालाई फस्ल्याङफुस्लुङ पारेर फोन टुङ्ग्याय त्यसपछि लामो सुस्केरा हाल्यो र धेरैबेरसम्म आमा, छोराछोरी, गार्ड र साथीभाइहरूको सम्झना आयो । मनमा अनेकन् कुराहरू दौडिएर त्यहीँ पुग्न पाए पनि हुन्थ्यो जस्तो लागिरह्यो ।
झमक्क साँझ परेपछि सुविन ड्यूटी सकेर आयो। त्यस दिन अधिपछि भन्दा निकै प्रसन्न थियो । त्यो देखेर उसलाई पनि अचम्म लाग्यो। त्यसमाथि उत्साहपूर्वक उसले आज म पनि अलिकति पिउँछु भन् बस्यो । मोहनले कौतूहलपूर्वक उसलाई सोध्यो-
‘होइन आज दम छस् नि तँ ?’
मुस्कुराउँदै उसले भन्यो, ‘एउटी डीभी सुन्दरी आउँदै छिन् क्या । मैले जागिर खोजिदिनु पर्ने, बस्ने व्यवस्था पनि मिलाई दिनुपर्ने । महिनाजति मैकहाँ बस्छिन् । मेरो पनि सेवा गर्छिन् ।’
‘यो त शोषण हो ।’
‘होइन, यो आवश्यकता हो मोहन…. मेरो शारीरिक आवश्यकता र उनको यता स्थापित हुने आवश्यकता । गिभ एन्ड टेक हो बुझिस् । सजिलो छ र अमेरिकामा पनि ?’
उसले आफ्नो हातको गिलास रित्यायो र टेबलमा राखेर हिँड्यो । सुविनको कुरा सुनेर मोहन स्तब्ध थियो । अमेरिकाको रङ्गीन सपना बोकेर आउने निर्दोष नारीहरूका लाचार नियतिप्रति दुःख लाग्यो ।
भाडा, ऊ भावुक भएर सोच्दै गयो । सपनाहरूकै परिबन्दमा परेर आफ्नो पनि दुर्दशा भएको अनुभूतिले निकै पीडा दिए। अपार्टमेन्टको सवारी साधनको खर्च, त्यसको बीमा, आफ्नो स्वास्थ्य बीमा, छुट्टै जीवन बीमा, खाद्यान्न, लुगाफाटो र मासिक किस्ता, कसरी फँस्दो रहेछ मान्छे अमेरिकामा, मनमा यस्ता कुरा खेल्दाखेल्दै उसले निदाएको पत्तै पाएन ।
आधा रातमै उसलाई निद्राले छोड्यो । फेरि मनमा अनेकथरीका तर्कनाहरू चल्न थाले। टाढिँदै गएको दाम्पत्य जीवन सम्झेर मन कुँडियो। अब यसरी नै अमेरिकामै बसौं कि फर्केर फेरि आफ्नै घर जाऊँ भन्ने प्रश्नले उसलाई बेचैन बनायो । एकातिर वृद्ध आमा र कलिला छोराछोरीका मायालु अनुहार, अर्कोतिर आफ्नो धरमराएको दाम्पत्य जीवन १ बाँकी रात मनमा यस्तै भावनाहरूको अन्तर्द्वन्द्व चलिरह्यो ।
मायालाई पनि यतै बोलाउन पाए फेरि जीवनले पुरानै लय समाउथ्यो कि भन्ने आशा लाग्यो । त्यही आशाले बिहाने उनलाई फोन गरेर भन्यो, माया हेर हामी त साह्रै टाढा पो भयो । बरु तिमी त्यहाँको काम छोडेर यतै आऊ। यतै काम खोजौंला। कि मलाई पनि उतै बोलाऊ, कम्तीमा सँगै अस्न त पाइन्छ।’
उनले शिष्टतापूर्वक मोहनको प्रस्ताव अस्वीकार गर्दै भनिन्, ‘पहिला सोचिएन । अब त म यतै स्थापित भइसकें । अब फेरि जिरोबाट सुरु गर्न हामी दुवै जनाका लागि सजिलो हुँदैन, मोहन ।’
उनको त्यो सीधा इन्कारी सुनेर ऊ केहीबेर बोल्नै सकेन । समयको त्यो निर्ममता देखेर मन कुँडियो । फेरि झीनो आशा लिएर उनलाई अर्को पटक सोध्यो, ‘के अब हामी छुट्टाछुट्टै बस्ने हो त सधै ?’
यो प्रश्नमा उनले झर्को मानेझैं गरेर भनिन्-
‘तिमी नेपालबाट अमेरिका आउँदा म त्यहाँ एक्लै थिइन र मोहन ?’
उनको जवाफ सुनेर मोहन स्तब्ध भयो । अब उनी न्यूयोर्क फर्किन्नन् भन्ने बुझ्यो । तर के कारणले उनमा यत्रो परिवर्तन आयो भन्ने कुरा भेउ पाउन सकेन । नियतिले कोर्दै लगेको उदेकलाग्दो बाटो देखेर निराश भयो । त्यसपछिका निकै दिनसम्म उनीहरूका बीचमा कुनै सम्पर्क भएन ।
धेरै दिनपछि मायाको जन्मदिन आयो । नेपालमा हुँदा उनको जन्मदिनमा वर्षेनी सत्यनारायणको पूजा लगाउने गरेका थिए । तर अहिले त्यो कुरा अमेरिकामा सम्भव थिएन । तर यस दिनले मोहनको मनमा फेरि पुनर्मिलनको आशा भने पलायो । उसले डाउन टाउनमा गएर हिराको टप उपहार किन्यो र उनलाई सरप्राइज गिफ्ट दिने गरी सान फ्रान्सिस्को गयो ।
अमेरिकामा ठाउँ पत्ता लगाउन गाह्रो थिएन। ऊ सरासर उनको फ्ल्याटमा पुग्यो । उसलाई अकस्मात् त्यहाँ देखेर उनी एकदमै हतास भइन् । मोहन उनलाई सहज बनाउने निकै प्रयास गयो । उनले पनि आफूलाई खुसी देखाउने मनग्य चेष्टा गरिन्। केही समयको त्यो नाटक र उकुसमुकुसपछि मोहनले कुरै कुरामा सोध्यो-
‘किन तिमी यसरी बदलियौ माया ? के मबाट कुनै गल्ती भयो र ?’ उनले केहीबेर सोचेझैं गरिन् । लामो सुस्केरा हालिन् र गम्भीर
भनिन्-
‘म बदलिएको होइन मोहन । समय बदलियो र सायद हाम्रा खुसी तरिकाहरू पनि बदलिए। दोष कसलाई लगाउनु र समयभन्दा बलियो केही नहुने रहेछ मोहन ।’
मायाको जवाफ सुनेर उसलाई करेन्ट लागेजस्तो भयो । कति कठोर जवाफ उनको । त्यति सुनेपछि मोहनलाई सम्बन्धको डोरी छिन्न केही पोयो मात्र बाँकी भएजस्तो लाग्यो । त्यही पीडाले ऊ रनथनिएको थियो । तर अझै पनि ऊ संयमित र मौन नै थियो । केही समयपछि उसले फेरि एक पटक उनलाई फकाउने प्रयास गर्दै भन्यो-
‘आखिर एक दिन त मरेरै जाने हो माया । हिँड अब नेपाल फर्केर जाऊँ। आनन्दको जीवन बिताऊँ । के नपुग्दो छ र हामीलाई ?’
उनको अनुहारको चमक हरायो र बिस्तारै उनले भनिन्-
‘भखरै त मैले ग्रीनकार्ड पाएको छु । मेरो पनि त जीवन छ नि मोहन, के म खुसी भएर बाँच्न पाउँदिनँ र ? तिमी फर्केर जान्छौ भने तिमीलाई म रोक्दिनँ । तर मैले पनि त यहाँ बसेर बाँच्न पाउनु पर्छ नि मोहन ।’
मोहनको मन बेस्सरी कुँडियो । अब अरू केही बाँकी रहेजस्तो लागेन । उसले लामो सास फेर्यो र कोठामा नजर घुमायो । दराज खुलै थियो । त्यसमा आधा भरिएको जोनीवाकर ह्वीस्कीको बोतल, एस्ट्रे बाहिर छरिएका मालबोरो चुरोटका ठुटा थिए। ह्याङ्गरमा पुरुषका केही भित्री र बाहिरी कपडाहरू थिए र केही कन्डमहरू पनि थिए। उसले भुइँमा विनयको फोटो भएको मनीब्याग पनि देख्यो। त्यसपछि ऊ बसेको ठाउँबाट उठ्यो ।
रसिला आँखाले झ्यालबाट बाहिरतिर हेर्यो-अनुहार रातो पारेर धाम डुब्दै थियो । त्यससँगै न्यूयोर्कदेखि सान फ्रान्सिस्कोसम्म पुगेका उसका सबै सपनाहरू डुब्दै गएका थिए।
उसले चुरोटको लामो सर्को लियो र बिस्तारै भन्यो-
‘म त यहाँ टुट्न लागेका हाम्रा सम्बन्ध फेरि जोडीला भनेर आएको थिएँ। तर तिमीले कित्ताकाट गरिदियौ माया हाम्रा बाटाहरू यति सजिलै छुट्टेलान् जस्तो लागेको थिएन। साह्रै दुःख लाग्यो ।’
उनले कुनै जवाफ दिइनन् । त्यही बेला भाइबरमा भिडियो कलको घन्टी बज्यो । घन्टीसँगै विनयको फोटो पनि डिस्प्ले हुँदै थियो। उनले डिस्कनेक्ट गरिन् । तर पटक–पटक फेरि घन्टी बज्न छोडेन । उनले मोहनलाई हेरिन् । घन्टीको बजिरहेकै थियो । एकाएक उनको अनुहार रातो भयो । त्यसपछि सायद वाइफाई बन्द गर्न उनी अर्को कोठातिर लागिन् ।
अब उसले मायालाई पर्खिनुको अर्थ देखेन । हातखुट्टा गलेका थिए । तर ऊ बसेको ठाउँबाट जुरुक्क उठ्यो । भारी मन लिएर न्यूयोर्कका लागि हिँड्यो । घर नजिकैको ट्याक्सी स्ट्यान्डमा गयो । एउटा ट्याक्सी लिएर रेल्वे स्टेसन पुग्यो । तत्कालै त्यहाँबाट न्यूयोर्कका लागि रेलमा चढ्यो ।
रेल अगाडि बढ्दै गयो। ऊ भावुक भएर झ्यालबाट बाहिरतिर हेर्दै गयो। सडक बत्तीहरू झलमल्ल थिए। त्यसकै उज्यालोमा पछाडि छुट्दै गएको सान फ्रान्सिस्को सहरका सुन्दर दृश्यहरू हेर्दै अगाडि बढ्यो ।
मोहनले असीम पीडाका साथ आँखा चिम्लियो । पहिलो पटक आफू अमेरिका हिँड्ने बेलामा निथ्रुक्क भिजेका आँखाले उसलाई हेर्दै भक्कानिएकी मायाको चित्र मानसपटलमा सलबलायो । मित्रको भेष गरेको जल्लादजस्तो विनयको अनुहार पनि सम्झियो । यात्राभरि मनमा अनेकन् तर्कनाहरू चलिरहे । मन एकदम रित्तो भएको थियो । कुनै सपना बाँकी थिएनन् । उसले सोच्यो–
‘अब एक पल पनि म अमेरिका बस्दिनँ ।’
निराश मन लिएर कोठामा पुग्यो । गिफ्ट समेत दिन नपाएर फिर्ता ल्याएको हिराको टप निकालेर हेर्यो । हिराको चमकमा मायाको कुटिल चेहरा जगमगायो। मनमा पीडाको राँको दन्कियो। लामो सुस्केरा लियो ल्यापटप खोल्यो र अनलाइनबाट नेपालको टिकट बुक गरायो ।
भोलिपल्ट बिहानै भावशून्य भएर जोन एफ केनडी एयरपोर्ट न्यूयोर्क पुग्यो । एकैछिनमा बोर्डिङ भयो । बिस्तारै जहाज अकासियो र ऊ सदाको लागि अमेरिका छोडेर हिँड्यो । बाहिर बाक्लो कुहिरो लागेको थियो । आकाशबाट अन्तिम पटक न्यूयोर्क सहरको त्यो हँसिलो अनुहार हेर्ने धोको पनि पूरा भएन ।
न्यूयोर्कमा बेवारिसे छोडेका आफ्नै सपनाहरूलाई भारी मनका साथ सुमसुम्यायो र चेतनाशून्य हुँदै गयो । महत्त्वाकाङ्क्षा, स्वार्थ र घातैघातको भुमरीमा फसेको दाम्पत्यको पीडाले असह्य भयो । आँखामा टिलपिलाएका आँसु पुछ्यो ।
न्यूयोर्क र सान्फ्रानसिस्कोका बिचमा हराएका आफ्नो सम्बन्धका तीता अनुभूतिहरूलाई हृदयमा गाँठो पार्यो । हडसन नदीका नीला छालहरूलाई मनमनै स्पर्श गर्यो । र, लामो सुस्केरा लिएर सोच्यो- यही हडसन नदीजस्तै अनेकन् भँगाला, दह र बगरमा रोकिँदै, फिजारिंदै र फेरि साँघुरिँदै अनवरत बग्दै जानु त रहेछ जीवन पनि ।
(रविन्द्र केसीको कथा संग्रह ‘सम्बन्धको दोबाटो’ बाट । यो कथा संग्रह यसै साता सार्वजनिक भएको छ । लेखक केसीको यो पहिलो कथा संग्रह हो । प्रेम, जीवन र सम्बन्धका विभिन्न आयममा रचिएका २१ वटा कथा यसमा संग्रहित छन् )
from Online Khabar https://ift.tt/LqomDtH
0 Comments
यदि तपाईंलाई समाचारको बारेमा कुनै शंका छ भने कृपया मलाई खबर गर्नुहोस्।