ब्रेकिङ न्युज

6/recent/ticker-posts

टी–२० विश्वकपमा पाकिस्तानको पहिलो जित

३० जेठ, फ्लोरिडा – पाकिस्तानले आईसीसी टी२० विश्वकप २०२४ मा क्यानडालाई ७ विकेटले हराउँदै पहिलो जित हात पारेको छ । समूह ए मा रहेको पाकिस्तानले २ अंक जोड्दै सुपर ८ को सम्भावना कायम राखेको छ ।

१०७ रनको लक्ष्य पछ्याएको पाकिस्तानले १७.३ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो । ओपनर मोहम्मद रिजवान ५३ बलमा २ चौका र १ छक्कासहित सर्वाधिक ५३ रनमा नट आउट रहे ।
बाबर आजम ३३ बलमा १ चौका र १ छक्कासहित ३३, सैम अयुब ६, फखार जमान ४ र उस्मान खानले २ रन बनाए । क्यानडाका डिलोन हेलिगरले २ र जेर्मी गोर्डनले १ विकेट लिए ।

त्यसअघि न्यूयोर्कमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको क्यानडाले २० ओभरमा ७ विकेट गुमाउँदै १०६ रन बनाएको थियो ।

ओपनर आरोन जोनसनले ४४ बलमा ४ चौका र ४ छक्कासहित सर्वाधिक ५२ रन बनाए । साद बिन जाफर १०, कलिस साना १३, नवनीत धालिवाल ४, परगत सिंह २, निकोलस किर्टोन १ रनमा आउट भए ।

पाकिस्तानका तीव्र गतिका बलर मोहम्मद आमिरले ४ ओभरमा १३ रन खर्चेर २ विकेट लिए । हरिस रौफले ४ ओभरमा २६ रन खर्चेर २ विकेट लिए । शाहिन शाह अफ्रिदी र नसिम साहले १–१ विकेट लिए ।
यसअघि पाकिस्तान अमेरिकासँग सुपर ओभर र भारतसँग ६ रनले हारेको थियो । क्यानडा पहिलो खेलमा अमेरिकासँग ७ विकेटले पराजित हुँदा आयरल्यान्डलाई १२ रनले हराएको थियो ।

पाकिस्तानले अन्तिम खेल १६ जुनमा आयरल्यान्डसँग खेल्नेछ । पाकिस्तान अन्तिम खेलमा विजयी भएमा तथा अमेरिकाले बाँकी दुई खेल भारत र आयरल्यान्ड दुबैसँग हारेमा नेटरनरेटमा माथि रहँदै सुपर ८ खेल्न सक्छ ।



from Online Khabar https://ift.tt/iVZADR6

Post a Comment

0 Comments