ब्रेकिङ न्युज

6/recent/ticker-posts

अष्ट्रेलियाले उत्कृष्ट ब्याटिङमा साविक विजेता इंग्ल्यान्डलाई हरायो

२७ जेठ, काठमाडौं – उपाधि दाबेदार अष्ट्रेलियाले उत्कृष्ट ब्याटिङमा आईसीसी टी–२० विश्वकप २०२४ मा साविक विजेता इंग्ल्यान्डलाई ३६ रनले हराएको छ । अष्ट्रेलिया लगातार दोस्रो जितका साथ समूह बी मा शीर्ष स्थानमा रहँदै सुपर–८ सम्भावना लगभग पक्कापक्की गरेको छ ।

२०२ रनको लक्ष्य पछ्याएको इंग्ल्यान्डले २० ओभरमा ६ विकेट गुमाउँदै १६५ रन बनाउन सक्यो । कप्तान जस बटलरले २८ बलमा ५ चौका र २ छक्कासहित सर्वाधिक ४२ रन बनाए । फिल साल्टले २३ बलमा ४ चौका र २ छक्कासहित ३७ रन जोडे ।

इंग्ल्यान्डलाई ओपनर साल्ट र बटलरले ७.१ ओभरमा ७३ रनको साझेदारी गर्दै उत्कृष्ट सुरुवात दिलाएका थिए । त्यसपछि ब्याटिङ नचल्दा इंग्ल्यान्ड पराजित हुन पुगेको हो ।
विल ज्याक्स १०, जोनी बेयरस्टो ७, मोइन अली २५, लियाम लिभिङस्टोन १५ र ह्यारी ब्रुकले २० रन बनाए । अष्ट्रेलियाका प्याट कमिन्स र एडम जाम्पाले २–२ विकेट लिए । जोश हेजलवुड र मार्कस स्टोइनिसले १–१ विकेट लिए ।

त्यसअघि बार्बाडोसमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको अष्ट्रेलियाले २० ओभरमा ७ विकेट गुमाउँदै २०१ रन बनाएको थियो । ओपनर डेविड वार्नरले १६ बलमा २ चौका र ४ छक्कासहित सर्वाधिक ३९ रन बनाए । ट्रविस हेड १८ बलमा २ चौका र ३ छक्कासहित ३४, ग्लेन म्याक्सवेल २८, मार्कस स्टोइनिस ३०, टिम डेविड ११ र म्याथ्यु वेडले १७ रन बनाए । कप्तान मिचेल मार्शले २५ बलमा २ चौका र २ छक्कासहित ३५ रन जोडे ।

इंग्ल्यान्डका क्रिस जोर्डनले २, मोईन अली, जोफ्रा आर्चार, आदिल राशिद र लियाम लिभिङस्टोनले १–१ विकेट लिए । अष्ट्रेलियाले पहिलो खेलमा ओमानलाई ३९ रनले हराएको थियो ।
अष्ट्रेलियाले अव १२ जुनमा नामिबिया र १६ जुनमा स्कटल्यान्डसँग खेल्नेछ । उता इंग्ल्यान्ड र स्कटल्यान्डबीचको पहिलो खेल वर्षाको कारण रद्द भएको थियो । इंग्ल्यान्डले १४ जुनमा ओमान र १५ जुनमा नामिबियासँग खेल्नेछ ।



from Online Khabar https://ift.tt/cP9CmG3

Post a Comment

0 Comments