ब्रेकिङ न्युज

6/recent/ticker-posts

मिलरको उत्कृष्ट ब्याटिङमा दक्षिण अफ्रिकाको लगातार दोस्रो जित

२७ जेठ, काठमाडौं – फिनिसर डेविड मिलरको उत्कृष्ट ब्याटिङमा दक्षिण अफ्रिकाले आईसीसी टी–२० विश्वकप २०२४ मा नेदरल्यान्ड्सलाई ४ विकेटले पराजित भएको छ छ । योसँगै समूह डी मा दक्षिण अफ्रिकाले लगातार दोस्रो जितका साथ शीर्ष स्थानमा रहँदै सुपर–८ को सम्भावना मजबुत बनाएको छ ।

१०४ रनको लक्ष्य दक्षिण अफ्रिकाले १८.५ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्यो । डेविड मिलर ५१ बलमा ३ चौका र ४ छक्कासहित सर्वाधिक ५९ रनमा नट आउट रहे । ट्रिस्टन स्टब्स ३७ बलमा १ चौका र १ छक्कासहित ३३ रन बनाए ।

एक समय ३–३ को अवस्थामा पुगेको दक्षिण अफ्रिकालाई मिलर र स्टब्सले ७४ रनको साझेदारी गर्दै जितको आधार तय गरेका थिए । हेनरिक क्लासेन ४, रिजा हेन्ड्रिक्स र मार्को यानसनले ३–३ रन बनाए ।

एडेन माक्ररम र क्विन्टन डि ककले खाता खोल्न सकेनन् । नेदरल्यान्ड्सका भिभियन किंग्मा र लोगन भान बिकले २–२ विकेट लिए । बास डि लिडे १ विकेट लिए ।

त्यसअघि नासा काउन्टी इन्टरनेशल क्रिकेट स्टेडियम न्यूयोर्कमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेदरल्यान्ड्सले २० ओभरमा ९ विकेट गुमाउदै १०३ रन बनाएको थियो । साइब्राण्ड एंगलब्रेक्सले ४५ बलमा २ चौका र १ छक्कासहित ४० र लोगन भान बिकले २३ रन बनाए । अन्य ब्याटरले भने राम्रो प्रदर्शन गर्न सकेनन् ।

तीव्र गतिका बलर ओट्निल ब्राटम्यानले ४ ओभरमा ११ रन खर्चेर ४ विकेट लिए । एनरिच नोर्कियाले ४ ओभरमा १९ रन खर्चेर २ विकेट लिए । मार्को यानसनले ४ ओभरमा २० रन खर्चेर २ विकेट लिए ।

दक्षिण अफ्रिकाले पहिलो खेलमा श्रीलंकालाई ६ विकेटले हराएको थियो । दक्षिण अफ्रिकाले अव तेस्रो खेल सोमबार बंगलादेश र १५ जुनमा नेपालसँग खेल्नेछ । उता नेदरल्यान्ड्सले पहिलो खेलमा नेपाललाई ६ विकेटले हराएको थियो । नेदरल्यान्ड्सले १३ जुनमा बंगलादेश र १७ जुनमा श्रीलंकासँग खेल्नेछ ।



from Online Khabar https://ift.tt/XA23pqP

Post a Comment

0 Comments