ब्रेकिङ न्युज

6/recent/ticker-posts

टी-२० विश्वकप : नामिबिया स्कटल्यान्डसँग पराजित

२४ जेठ, अमेरिका – स्कटल्यान्डले आईसीसी टी–२० विश्वकप २०२४ मा नामिबियालाई ५ विकेटले हराएको छ । समूह बी मा स्कटल्यान्डले पहिलो जित हात पारेको हो ।
१५६ रनको लक्ष्य पछ्याएको स्कटल्यान्डले १८.३ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्यो । स्कटल्यान्डको जितमा कप्तान रिची बेंरिग्टन ३५ बलमा २ चौका र २ छक्कासहित सर्वाधिक ४७ रनमा नट आउट रहे ।

माइकल लिस्क १७ बलमा ४ छक्कासहित ३५, जर्ज मुन्शे ७, माइकल जोन्स २६ र ब्रेन्डन म्याकमुलनले १९ रनको योगदान दिए । नामिबियाका कप्तान जेराल्ड इरास्मसले २, डेविड विजा, टागेंनी लुगांमेनी र बेनार्ड स्कोल्ट्जले १–१ विकेट लिए ।

त्यसअघि बार्बाडोसमा टस जितेर पहिला ब्याटिङ रोजेको नामिबियाले २० ओभरमा ९ विकेट गुमाउँदै १५५ रन बनाएको थियो । कप्तान जेराल्ड इरास्मसले ३१ बलमा ५ चौका र २ छक्कासहित ५२ रन बनाउँदै अलराउण्ड प्रदर्शन गरेपनि जित निकाल्न पर्याप्त भएन । निकोलस डेभिन २०, जेन फ्रेलिंक १२, जेन ग्रीन २८ र डेविड विजाले १४ रन बनाए ।

स्कटल्यान्डका ब्राड ह्वीलले ४ ओभरमा ३३ रन खर्चेर ३ विकेट लिए । ब्राड करीले २, क्रिस सोल, क्रिस गेभ्स र माइकल लिस्कले १–१ विकेट लिए ।पहिलो खेलमा नामिबियाले ओमानलाई सुपर ओभरमा हराएको थियो । स्कटल्यान्ड र इंग्ल्यान्डबीचको खेल वर्षाको कारण रद्द भएको थियो ।

त्यस्तै समूह ए मा आज भएको खेलमा डालसमा घरेलु टोली अमेरिकाले पाकिस्तानलाई सुपर ओभरमा हराउँदै सनसनी मच्चाएको छ । समूह डी को नेपाल मंगलबार नेदरल्यान्ड्ससँग पराजित भएको थियो । अव नेपालले १२ जुनमा श्रीलंकासँग फ्लोरिडामा खेल्नेछ ।



from Online Khabar https://ift.tt/Rx93TON

Post a Comment

0 Comments