ब्रेकिङ न्युज

6/recent/ticker-posts

तिनाउको ड्यामसाइडमा डुबेर भारतीय बालकको मृत्यु

२८ जेठ, पाल्पा । गर्मी छल्न पाल्पा आएका एक जना भारतीय बालकको पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको छ ।

भारतको गोरखपुर खाना सैजन्वा रङ्गौलीग्राम उत्तर प्रदेशका करिब १५ वर्षीय आर्यन कुमारको पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार परिवारका सदस्यसहित १५/१६ जनाको टोली घुम्न आएकोमा पौडी खेल्ने क्रममा आर्यन आइतबार डुबेर बेपत्ता भएका थिए ।

सँगै रहेका अरुले तत्काल प्रहरी चौकी दोभानलाई जानकारी गराएर खोजतलास गर्दा उनलाई मृत अवस्थामा फेला पारेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी सुगन्ध श्रेष्ठले जानकारी दिए ।

शनिबार पनि भारतबाट घुम्न आएका एक जना पर्यटकको तिनाउ खोलामा डुबेर मृत्यु भएको थियो ।

यो वर्ष वैशाख र जेठ महिनामा मात्रै सो क्षेत्रमा ६ जनाको डुबेर मृत्यु भइसकेको प्रहरीले जनाएको छ ।



from Online Khabar https://ift.tt/qnE5KXh

Post a Comment

0 Comments