ब्रेकिङ न्युज

6/recent/ticker-posts

चितवनको जलबिरेमा माइक्रो बस दुर्घटना, ३ जना घाइते

७ साउन, काठमाडौं । नारायणगढ-मुग्लिन सडक खण्डको जलविरेमा माइक्रो बस दुर्घटना हुँदा तीन जना घाइते भएका छन् ।

पूर्वनवलपरासीको कावासोतीबाट-काठमाडौं आउँदै गरेको ग १ ख ९१५५ नम्बरको माइक्रो बस आज बिहान ४ बजेतिर सडक डिभाइडरमा ठोक्किएर दुर्घटना भएको हो ।

दुर्घटनामा कावासोती नगरपालिकाकी ६० वर्षीया सन्तुमाया कुमाल, ३६ वर्षीय घनश्याम न्यौपाने र १९ वर्षीय जेनिस बस्नेत छन् ।

उनीहरुलाई उपचारका लागि पुरानो मेडिकल कलेज भरतपुर पठाइएको इलाका प्रहरी कार्यालय मुग्लिनकी प्रमुख इन्सपेक्टर निरला भण्डारीले जानकारी दिइन् ।

गुडिरहेको माइक्रोबस एक्कासी पञ्चर भएर अनियन्त्रित भई डिभाइडरमा ठोक्किएको थियो । त्यसक्रममा डिक्कीमा राखेका सामानहरु खसेका थिए । केही झोलाहरु नभेटिएकाले त्रिशूली नदीमा खसेको अनुमान छ ।



from Online Khabar https://ift.tt/LiUHxOv

Post a Comment

0 Comments