ब्रेकिङ न्युज

6/recent/ticker-posts

काभा यू-२० महिला भलिबल : सेमिफाईनलमा कीर्गिस्तानसँग हारेपछि नेपाल फाईनल पुग्न असफल

७ साउन, माले । काभा यू-२० महिला भलिबल च्याम्पियनसिपको सेमिफाईनलमा नेपाल कीर्गिस्तानसँग पराजित भएको छ ।

सोमबार माले सिटीस्थित सोसल सेन्टरमा भएको सेमिफाईनलमा कीर्गिस्तानसँग नेपाल ३-० ले पराजित भएपछि नेपाल फाईनल पुग्न असफल भएको छ ।

कीर्गिस्तानले उत्कृष्ट प्रदर्शन गर्दै नेपाललाई २५-१४, २५-२२, २५-१३ ले पराजित गर्यो । दोस्रो सेटमा नेपालले प्रतिस्पर्धात्मक खेल खेलेपनि पहिलो र तेस्रै सेटमा कीर्गिस्तानले एकपक्षिय जित निकालेको थियो ।
उपाधि जित्ने लक्ष्यसहित माले आएको नेपाली टोलीले सोचे अनुसारको प्रदर्शन गर्न सकेन ।

कीर्गिस्तान विरुद्ध लिग चरणमा बेहोरेको हारको बदला लिँदै फाईनल पुग्ने नेपालको लक्ष्य थियो । तर रिसिभ, ब्लक र डिफेन्समा राम्रो प्रदर्शन गर्न नसक्दा नेपाल फाईनल पुग्न सकेन ।

नेपालले अब तेस्रो स्थानको लागि मंगलबार माल्दिभ्ससँग खेल्नेछ । यस्तै श्रीलंका र किर्गिस्तानबीच मंगलबारै फाईनल खेल हुनेछ ।

सेमिफाईनलमा हारपछि नेपालबा मुख्य प्रशिक्षक कुमार राईले  नेपाल सबै क्षेत्रमा कमजोर देखिँदा पराजित हुनुपरेको बताए ।

‘सेटर कमजोर हुँदा समग्र खेलमा असर पर्यो । रिसिभमा केही सुधार भएपनि अझै कमजोर देखियो । ब्लकमा पनि कमजोर देखियो । आज अट्याकमा पनि अली कमजोर देखियाैँ । हामी सबै क्षेत्रमा बमजोर देखियो ।’ प्रशिक्षक राईले भने ।

कीर्तिस्तानले एकरुपको प्रदर्शन गर्दा नेपालको टिममा तालमेलको अभाव देखियो । कभर्डहलमा करिब दुई हजार नेपाली दर्शक नेपाली टिमलाई समर्थन गर्न आएको थिए ।तर टिमको प्रदर्शन राम्रो नहुँदा उनीहरु निराश थिए ।



from Online Khabar https://ift.tt/FPWbj72

Post a Comment

0 Comments