ब्रेकिङ न्युज

6/recent/ticker-posts

एन्फा महिला लिग : उद्घाटन खेलमा कोशी र वालिङ भिड्ने

२८ साउन, काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाको आयोजनामा भदौ १६ गतेदेखि हुने एन्फा महिला लिगको खेल तालिका सार्वजनिक भएको छ ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा आइतबार एक कार्यक्रमका बीच एन्फाले सार्वजनिक गरेको खेलतालिका अनुसार कोशी प्रदेश र वालिङ नगरपालिका उद्घाटन खेलमा भिड्ने भएका छन् ।
लिगमा तीन विभागीय टोली, एन्फा महिला लिगबाट छनोट भएका तीन प्रदेश, ए/बी/सी डिभजन क्लबका दुई टोली र दुई नगरपालिका गरी कूल १० टोलीले प्रतिस्पर्धा गर्नेछन् ।
लिगमा एपीएफ, त्रिभवन आर्मी क्लब र नेपाल पुलिस क्लब सहित महिला लिग छनोट प्रतियोगिताको शीर्ष तीन टोली कोशी, सुदूरपश्चिम र कर्णाली प्रदेशसँगै संकटा क्लब, बागमती क्लब तथा वालिङ नगरपालिका र चन्द्रपुर नगरपालिकाको सहभागिता छ ।
एन्फा महिला लिग तीन चरणमा खेलाइनेछ । पहिलो चरणमा सिंगल राउण्ड रोविन फर्म्याटमा ४५ खेल हुनेछ । त्यसपछि शीर्ष पाँचमा रहने टोलीबीच डबल राउण्ड रोविनको आधारमा सुपर लिग गराइनेछ । दोस्रो चरणमा २० खेल हुनेछ ।
सुपर लिगमा शीर्च चारमा रहने टोलीबीच क्वालिफायर, एलिमिनेट र फाइनल खेल खेलाइनेछ ।


from Online Khabar https://ift.tt/WDtM8fI

Post a Comment

0 Comments