ब्रेकिङ न्युज

6/recent/ticker-posts

मिस नेपाल नर्थ अमेरिकाको फिनाले आज न्यूयोर्कमा हुँदै

काठमाडौं । डायस्पोराको प्रतिष्ठित सौन्दर्य प्रतियोगिता मिस नेपाल नर्थ अमेरिकाले पनि आज विजेता पाउँदैछ । न्यूयोर्कको मेलरोज बलरुममा स्थानीय समयानुसार बेलुका ग्राण्ड फिनाले हुँदैछ ।

ड्रिम्स युनिभर्सलले आयोजना गरेको प्रतियोगितामा उपाधिका लागि १८ जना सुन्दरी भिड्दैछन् । आयोजक संस्थाका प्रमुख शैलेन्द्र श्रेष्ठका अनुसार नेपालबाट अमेरिका पुगेका कलाकारको उपस्थितीमा फिनाले हुन लागेको हो ।

पूर्वमिस नेपाल सदीक्षा श्रेष्ठ, कलाकारहरु आँचल शर्मा, अनुपविक्रम शाही, वर्षा राउत, उषा उप्रेती, पूर्वमिस नेपाल अर्थ सरिशा श्रेष्ठ यतिबेला न्यूयोर्कमा छन् । श्रेष्ठको पहलमा वर्षेनी अमेरिका र क्यानडाको नेपाली समुदायमा बसोबास गर्दै आएका युवतीबीच प्रतियोगिता आयोजना हुँदै आएको छ ।

यसपटकका प्रतिस्पर्धीमा नर्थ क्यारोलिनाबाट एन्ना कोइराला, मिनेसोटाबाट आयुषा तुलाधर, टेक्सासबाट अदिश्री रेग्मी, क्यानडाबाट अनु सुवेदी, न्यूयोर्कबाट अस्मी गिरी, मिसिगनबाट अस्मिता तुलाधर छन् ।

ओहायोबाट दृश्य धिताल, मेरिल्याण्डबाट न्यान्सी क्षेत्री, न्यूजर्सीबाट ओनिका बानियाँ, न्यूयोर्कबाट प्रिजा राणा, बोस्टनबाट रिजा पुरी, मेरिल्याण्डबाट रुबिना पुरी छन् ।

मेरिल्याण्डबाट रुबी पौडेल, कोलोराडोबाट सविता चौलागाईं, टेक्सासबाट सरिता ठगुन्ना, कोलोराडोबाट सर्जु थापा, जर्जियाबाट सोफी पोखरेल, टेक्सासबाट सुजना सुनुवार, क्यानडाको ओन्टारियोबाट स्वीकृति खड्का र क्यालिफोर्नियाबाट उषा शाह छन् ।

यसपटकको संस्करणको कोरियोग्राफरमा पूर्व मिस नेपाल वर्ल्ड सदिक्षा श्रेष्ठ र ट्रेनरको रुपमा पूर्वमिस कस्मोपोलिटन वर्ल्ड प्रियारानी लामा छिन् ।



from Online Khabar https://ift.tt/8bqhgjG

Post a Comment

0 Comments