ब्रेकिङ न्युज

6/recent/ticker-posts

अमेरिकन लायल्सले एक सय मिटर दौडमा जिते स्वर्ण

२१ साउन, काठमाडौं । अमेरिकाका नोह लायल्सले पेरिस ओलम्पिक २०२४ मा पुरुष एक सय मिटर दौडमा स्वर्ण जित्दै विश्वकै सबैभन्दा छिटो दौडने व्यक्ति बनेका छन् ।

गएराति स्टेड डे फ्रान्समा भएको एस मिटर दौडमा नोह लायल्सले निर्धारित दूरी ९.७८४ सेकेण्डमा पूरा गर्दै स्वर्ण जितेका हुन् ।

लायल्सले जमैकन धावक किसाने थोम्पसनलाई फोटो फिनिसमा पछि पारे । थोम्पसनले ९.७८९ सेकेण्डमा दौड पूरा गर्दै रजत जिते ।

यस्तै अमेरिकाकै फ्रेढ केर्लेले ९.८१ सेकेण्ड समय सहित कांस्य जिते ।

लायल्सले पेरिस ओलम्पिक आउनुअघि एक सय र दुई समय मिटरका विश्व च्याम्पियन थिए ।



from Online Khabar https://ift.tt/mJvU6DS

Post a Comment

0 Comments