२४ भदौ, काठमाडौं । नवलपरासी पश्चिममा मोटरसाइकल दुरंघटना हुँदा चालकको मृत्यु भएको छ ।
आइतबार राति सुनवल नगरपालिका- १२ फरौली र रामग्राम नगरपालिका-११ को सिमानास्थित भित्री सडकमा लु१७प ८७८८ नं. को मोटरसाइकल दुर्घटना भएको हो ।
दुर्घटनामा गम्भीर भएका चालक सुनवल-९ स्वाठीका करिब २६ वर्षका रामनाथ कंवरको मृत्यु भएको प्रहरीले जनाएको छ ।
उनको शव पोष्टमार्टमका लागि परासी अस्पतालमा राखिएको छ ।
from Online Khabar https://ift.tt/gTtlsrB
0 Comments
यदि तपाईंलाई समाचारको बारेमा कुनै शंका छ भने कृपया मलाई खबर गर्नुहोस्।